प्रा.डा. दलबहादुर अधिकारी (डिबी) सम्पर्कविहीन भएको आज १३ दिन भयो

काठमाडौँ, भाद्र , १२
प्रा.डा. दलबहादुर अधिकारी (डिबी) सम्पर्कविहीन भएका छन् । उनी बुढानिलकण्ठ नगरपालिका १ पञ्चकन्या टोलबाट गत साउन ३२ गतेबाट सम्पर्कविहीन भएका हुन् । उनी हराएको आज १३ दिन भयो l
अधिकारीका परिवारले भनेका छन्,’ बिहान १०:४५ बजेदेखि मुहानपोखरीतर्फ जानुभएको र हाल सम्म पनि फर्केर नआउनु भएकोले उहाँलाई भेट्नु हुने, देख्नु हुने जो कोहिले तल दिएको नम्बरमा खबर गरिदिनु हुन अनुरोध गर्दछौं ।‘
६८ वर्षीय अधिकारीको खोजी सबैतिर भए पनि हालसम्म फेला नपरेको परिवारले बताएका छन् । कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा ९८५१०९९५१० र ९८४१९३२२४८ को मोबाइल नम्बरमा सम्पर्क गर्न उनीहरूले अनुरोध गरेका छन् ।
आफ्नो समयमा गणित विषय अध्यापन गर्दै आएका अधिकारीले नेपालको शैक्षिक विकासमा ४१ वर्ष खर्चेका छन् l उनै अधिकारी अहिले हराइरहेका हुँदा घपरिवार आफन्त र विद्यार्थी ठुलो पिरलोमा छन् l उनको आगमनको प्रतिक्षामा घर परिवार रात दिन आँखा खोलेर र कान चनाखो पारेर बसिरहेका छन् l
akabarey.com परीक्षण प्रसारणमा छ l
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...