विवेकशील साझा पार्टीको वागमती प्रदेश अध्यक्षमा चुनिए अजित खड्का
अजित खड्काको नेतृत्वमा १३ सदस्यीय प्रदेश समिति चयन गर्दै विवेकशील साझा पार्टीको वागमती प्रदेश अधिवेशन समापन भएको छ। प्रदेश निर्वाचन आयोगका प्रमुख शंकर बञ्जाडेका अनुसार अध्यक्षमा अजित खड्का,उपाध्यक्षमा डिजेन बस्नेत,सचिवमा शकिल अहमद र कोषाध्यक्षमा दिलकुमार केसी निर्वाचित भएका हुन।
अधिवेशनले वागमती प्रदेश सदस्यमा प्रेमप्रसाद वस्ती,आशिष कार्की, पूर्णलाल श्रेष्ठ, वैकुण्ठ दाहाल, शारदा लक्ष्मी प्रधान, मधुसुदन कार्की, नरेन्द्र श्रेष्ठ, अशोक अधिकारी र भुषण कुमार श्रेष्ठलाई चयन गरेको छ। प्रमुख बञ्जाडेका अनुसार निर्वाचनमा 'नो भोट' को पनि अभ्यास गरिएको थियो।
नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण एवं पद तथा गोपनीयताको सपथ ग्रहण गराईएको प्रदेश अधिवेशन आयोजक समितिका संयोजक सुरज प्रधानले जानकारी दिए। विवेकशील साझा पार्टीको दोस्रो प्रादेशिक अधिवेशन कोशी प्रदेशमा हुने तय भएको छ। यही असोज दोश्रो साता कोशी प्रदेश अधिवेशन गर्न लागिएको प्रदेश अधिवेशन आयोजक समितिका संयोजक सुदन श्रेष्ठले जानकारी दिए।
akabarey.com परीक्षण प्रसारणमा छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...