एमसीसी सम्झौताभित्रै मन परेन भने ३० दिनको समय दिएर खारेज गरे हुन्छ - झलनाथ खनाल

काठमाडौं,भाद्र ,११
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्नेहरुलाई छानीछानी चुनाव हराएको टिप्पणी गरेका छन् l आज अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै एमसीसीको सवाल लामो समयसम्म अझै कुरा उठ्नसक्ने बताए ।‘एमसीसी सम्झौताभित्रै मन परेन भने ३० दिनको समय दिएर खारेज गरे हुन्छ ।
जसरी अनुमोदन गरेको छ, खारेज हुन्छ त ? त्यो संसदमा अनुमोदन गर्दा म एकजनामात्रै हुँ, यो राष्ट्रघात हो नगरौं भन्ने । न मेरो पार्टीले बोल्ने सक्यो न त कुनै वाम भन्ने पार्टीले बोल्न सके । साम्राज्यवादका सामुन्ने नतमस्तक भएर अनुमोदन गरियो ।
यो इतिहासको दुर्भाग्यपूर्ण क्षण हो । अब हामीले सडकबाट विरोध गर्नुको विकल्प छैन । सदनमा पनि कसैले उठाउन सक्छ । यसको विरुद्ध कुरा उठाएपछि तिनीहरुलाई हराउने नियतले एउटा ठूलो ग्राण्ड डिजाइन गरिएको थियो । त्यसको शिकार मलाई पनि बनाइयो ।’
उनले एमसीसी अनुमोदन गरेर नेपालका केही नेताले निधारमा कालो टीका लगाएको टिप्पणी समेत गरे । सदनमा एमसीसीको विरोध गर्ने बेलामा भीम रावलले मात्रै साथ दिएको उनले सुनाए ।
akabarey.com परीक्षण प्रसारणमा छ l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...