एमसीसी सम्झौताभित्रै मन परेन भने ३० दिनको समय दिएर खारेज गरे हुन्छ - झलनाथ खनाल
काठमाडौं,भाद्र ,११
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्नेहरुलाई छानीछानी चुनाव हराएको टिप्पणी गरेका छन् l आज अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै एमसीसीको सवाल लामो समयसम्म अझै कुरा उठ्नसक्ने बताए ।‘एमसीसी सम्झौताभित्रै मन परेन भने ३० दिनको समय दिएर खारेज गरे हुन्छ ।
जसरी अनुमोदन गरेको छ, खारेज हुन्छ त ? त्यो संसदमा अनुमोदन गर्दा म एकजनामात्रै हुँ, यो राष्ट्रघात हो नगरौं भन्ने । न मेरो पार्टीले बोल्ने सक्यो न त कुनै वाम भन्ने पार्टीले बोल्न सके । साम्राज्यवादका सामुन्ने नतमस्तक भएर अनुमोदन गरियो ।
यो इतिहासको दुर्भाग्यपूर्ण क्षण हो । अब हामीले सडकबाट विरोध गर्नुको विकल्प छैन । सदनमा पनि कसैले उठाउन सक्छ । यसको विरुद्ध कुरा उठाएपछि तिनीहरुलाई हराउने नियतले एउटा ठूलो ग्राण्ड डिजाइन गरिएको थियो । त्यसको शिकार मलाई पनि बनाइयो ।’
उनले एमसीसी अनुमोदन गरेर नेपालका केही नेताले निधारमा कालो टीका लगाएको टिप्पणी समेत गरे । सदनमा एमसीसीको विरोध गर्ने बेलामा भीम रावलले मात्रै साथ दिएको उनले सुनाए ।
akabarey.com परीक्षण प्रसारणमा छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...