भोजपुरका किसानको रोजाइमा सतुवा खेती

भोजपुर, बहुउयोगी मानिने जडीबुटी सतुवा खेती भोजपुरका किसानको रोजाइमा परेको छ । शक्तिबर्द्धक जडीबुटी मानिने सतुवा खेतीप्रति यहाँका किसान आकर्षित बनेका हुन् ।
सतुवाको खेतीमा यहाँका तीन सय बढी किसान आबद्ध छन् । पछिल्लो मूल्यमा केही गिरावट आए पनि किसानमा यसको खेतीप्रतिको आकर्षण उस्तै रहेको छ । एक हजार चार सय मिटर उचाइभन्दा माथि पाइने यो जडीबुटी धेरै रोगको लागि उपयोगी मानिन्छ । सतुवा यार्सागुम्बाजस्तै शक्तिबर्द्धक हुने व्यवसायीले बताउने गरेका छन् ।
केही वर्ष अगाडिसम्म प्रतिकेजी रु १८ देखि २० सम्ममा बिक्री भएको भए पनि पछिल्लो समयमा मूल्यमा केही गिरावट आएको किसान बताउँछन् । अहिले पनि प्रतिकेजी पाँचदेखि सात हजारसम्म बिक्री हुने षडानन्द नगरपालिका १० तीनतलेका कृषक पेमदोर्ची शेर्पाले बताए ।
‘सतुवा खेती आम्दानीको राम्रो स्रोतको रुपमा स्थापित भएको छ,’ उनले भने, ‘विगतमा मूल्य धेरै राम्रो थियो । अहिले मूल्यमा केही कमी आएको छ तर किसानको यसप्रतिको आकर्षण घटेको छैन ।’
गभर्नर खोज्ने समितिको सदस्य पौडेल आफै गभर्नर बनेको विषयलाई केटी माग्न गएको लमी केटी मन परेपछि आफै बे...
होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक मर्क्य...
युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाट, मलेसियन...