मेयर हर्क साम्पाङलाई दलमर्दन कामीको चिठी

आदरणीय मित्र हर्क साम्पाङज्यू,
मेयर धरान उपमहानगरपालिका, सुनसरी
देशको बदलिँदो परिस्थितिप्रति तपाईंले देखाउनुभएको अदम्य साहस, श्रम र निस्वार्थ भावनाले हाम्रो समाज मात्र होइन, सम्पूर्ण राष्ट्रलाई प्रेरित बनाएको छ। देशको सुन्दर नगर धरानमा भुइँतल्लाबाट सुरु गर्नु भएको श्रम सांस्कृतिक-पार्क, कोका खोलाको पानी जस्ता ऐतिहासिक कार्यहरू केवल भौतिक संरचना सुधारका दृष्टान्त मात्रै होइनन्, बरु एकल नश्लीय नेतृत्व भ्रष्टाचारले आक्रान्त देशको अवस्थामा बिश्वबिकास चरम चिलिदै गर्दा देशमा समृद्धिको मार्गलाइ भुइँतला देखाउनु भएको उदाहरणिय कार्यबाट एकल जातीय–नश्चिलीय चिन्तन र सामन्तवादी सोच विरुद्धको सशक्त सन्देश हुन् । यस्ता कार्य आजको नेपालमा राष्ट्रिय आवश्यकता बनेका छन् । हामीलाई समृद्ध शान्ति विकासद्वारा नयाँ नेपाल निर्माणका लागि तपाईंको निस्वार्थ सेवा र जोश चाहिएको छ। तर दुर्भाग्यवश, अझै पनि थर, जात, नश्लका आधारमा नेतृत्व निर्माणलाई अवरुद्ध गर्ने प्रवृत्ति जीवित छ, जसले राष्ट्रको प्रगति र समृद्धिमा बाधा पुर्याइरहेको छ । यो एकल नस्लीय सोचको पराकाष्ठा हो, जसलाई तपाईंले आफ्नो उदाहरणीय कार्यमार्फत चुनौती दिँदै आउनुभएको छ ।
तपाईं र मेरो समुदायले सदियौंदेखि देशका आम नागरिकको निम्ति अत्यन्तै महत्त्वपूर्ण काम गर्दै राष्ट्रका आम नागरिकको वि कास र समृद्धि निम्ति नभइ नहुने काम गर्दै आयो र अहिले पनि तपाई र म त्यही पवित्र भावनाबाट ओतप्रोत भइ समाज समुदाय राष्ट्रिय हितमा आफ्नो ज्यानको बाजि राखेर काम गरिरहेका छौ l तपाईं मेरो अत्यन्तै प्रिय मित्र हौं तथापि पछिल्लो समय तपाईं जनताको जनमत बाट उदाहरणका रूपमा मेयर भएर सेवा गर्दै हुनुहुन्छ म राजनैतिक रूपमा अदेखा काम गर्दै छु यो एकल नश्लीय सामन्तवादी चिन्तन गर्सित कतिपयबाट अवरोध छ्न यो मेरो लागि चुनौतीपूर्ण छन् ।
आदरणीय मित्र एवं मेयर साब,
तपाइँ यो मुलुकमा मात्रै हैन अन्तर्राष्ट्रिय रूपमा समेत देखिने गरि उदाहरण कार्य गरिरहनु भएको छ सलाम छ स्याबासीका तालीहरू बजिरहेकै छन । आज तपाईंको यो उदाहरणीय यात्राले Gen-Z आन्दोलनमा समेत नेतृत्वको आशा जगाएको छ । तपाईंको नेतृत्व र इमानदारी देशका लागि अपरिहार्य भएको कुरा यस घटनाले प्रस्ट पार्छ । तपाईंलाई “पदको लोभ” देखाएर काठमाडौं आएको भन्ने आरोपहरू निराधार र पूर्वाग्रहपूर्ण छन् । तपाईं हाम्रो जस्तै राष्ट्रप्रेमी हुनुहुन्छ, जसलाई देशको चिन्ता छ l देश डुब्ने हो कि भन्ने चिन्ता । यो वास्तविक देशप्रेम हो । यसबेला तपाईंलाई खिसी–ट्यारी गर्ने, मजाक उडाउन खोज्ने मानसिकता वास्तवमा रोगग्रस्त सोच हो, जसलाई हामी सबैले मिलेर सेवा, विश्वास र प्रेममार्फत जित्नुपर्छ। हो, तपाईं र म इमानदार भएर काम गर्ने मान्छे हौं । हामी बिना स्वार्थ काम गर्छौं, तर कहिलेकाहीँ हाम्रो सिधा वचनले गालिगलौज र आलोचना पनि निम्त्याएको छ । यो हाम्रो कमजोरी होइन, बरु हाम्रो सत्यनिष्ठाको प्रतिबिम्ब हो । तथापि, कहिलेकाहीँ शब्दको संयमले हाम्रो अभियानलाई अझ बलियो बनाउन सक्छ भन्ने मेरो सुझाव रहन्छ । प्रिय मित्र, आज Gen-Z आन्दोलनले दिएको मुख्य सन्देश भनेको नयाँ नेपाल, समृद्ध नेपाल, विभेदरहित सभ्य नेपाल निर्माण हो l जात, नाक, थर, नस्ल हेरेर निर्णय गर्ने पुरानो समाज अब बाँच्न सक्दैन । यो पुस्ताले इमानदार, निस्वार्थ र विभेदरहित नेतृत्व चाहन्छ। संयुक्त नागरिक पार्टीको स्पष्ट धारणा छ l विश्वास, आशा र प्रेममा आधारित, ईश्वरिय मूल्य–मान्यतामा अडिएको इमानदार नेतृत्व नै आजको नेपाललाई चाहिएको छ ।
आदरणीय हर्क साम्पाङज्यू,
हामी तपाईंलाई अन्तरिम सरकारको सर्वदलीय, सर्वसमावेशी नेतृत्वमा देख्न चाहन्छौं । यदि तत्काल त्यो सम्भव भएन भने पनि, आउने आम निर्वाचनमा तपाईंलाई राष्ट्रिय नेतृत्वमा देखाउन हामी सबै एकताबद्ध भएर तयार हुनेछौं । देशलाई स्वार्थी, सामन्तवादी र विभेदकारी हातमा जान नदिने हाम्रो साझा कर्तव्य हो । Gen-Z आन्दोलनका शहीदहरूको बलिदान व्यर्थ नहोस् भन्ने हाम्रो दृढ संकल्प हो। तपाईंलाई हार्दिक सम्मान, सलाम र समर्थन ।
उही तपाईको अनन्य मित्र
दलमर्दन कामी
पितृसत्तात्मक राज्यको क्रमभंगता गरेर देशमा प्रथमतः महिला प्रधानमन्त्री देशले नयाँ नेतृत्व पाएको छ ।
प्रजातन्त्रको उपयोग गरी हुने अधिक राजनीतिले अन्तत अधिनायकता (Authoritarianism) मा पुर्याई लोकतन्त्रल...
मुख्य प्रश्न भनेको के हो भने हामीले फेसबुक बन्द हुँदा नयाँ वैकल्पिक प्लेटफर्म, सामाजिक व्यवहार र जिम...