रास्वपा सांसद असिम शाहको सांसद पदबाट राजिनामा घोषणा
काठमाडौँ, २४ भाद्र : रास्वपाबाट समानुपातिक प्रतिनिधित्व गर्ने सांसद असिम शाहले आजको मिति देखि लागु हुने गरी संसद पदबाट राजिनामा दिएको घोषणा गरेका छन् l आज एक स्टाटस फेस बुकमा राख्दै शाहले उक्त घोषणा गरेका हुन् l सांसद शाहको फेस बुक स्टाटस जस्ताको त्यस्तै :
म असिम शाह , प्रतिनिधि सभाको सदस्यको हैसियतमा, आजको मितिदेखि तत्काल प्रभावका साथ संसद सदस्य पदबाट राजीनामा दिएको जानकारी गराउँछु।
गत दिनहरूमा भइरहेको Gen Z आन्दोलनलाई सरकारले दमन गर्ने कार्य, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनेजस्ता अमानवीय कदम, र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको छ।
मैले पटक–पटक सदनमा युवाको आवाज बोलेँ, चेतावनी दिएँ— सडक विद्रोह हुन सक्छ, यदि युवाको भावना बुझिएन भने। तर, सरकार चलाउनेहरूले कहिल्यै सुन्न चाहेनन्, कहिल्यै गम्भीरतापूर्वक लिन चाहेनन्।
संसद भवनको सुरक्षाभन्दा बच्चाहरूको ज्यान ठूलो हो। भवन जोगाउन हत्या गर्ने अपराध सरकारद्वारा भएको छ।
संसदमा बसेर चुप लाग्नु, या यस्ता गलत नीतिहरूलाई मौन समर्थन गर्नु मेरो पुस्ता, मतदाता र मेरो देशको भविष्यसँग ठूलो विश्वासघात हुनेछ भन्ने दृढ विश्वासका साथ, मैले यो निर्णय गरेको हुँ।
सांसद मेरो लागि मात्र पद होइन, नागरिकको आवाज प्रतिनिधित्व गर्ने माध्यम हो तर जब त्यो आवाज नै दबाइयो, र सरकारले नागरिकप्रतिको प्रतिबद्धता तोड्यो, त्यस्तो संसदमा बसिरहनु मेरो लागि अब सम्भव रहेन ।
म अब सडकमा उत्रेर Gen Z पुस्ता, आफ्ना नागरिक र सत्यका पक्षमा लड्न प्रतिबद्ध छु।
स्मरणीय : सांसद शाहको फोटो विकिपिडियाबाट साभार गरिएको हो l
रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इ...
लमा बसेर बीपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘ह...
भविष्यमा समग्र राज्य प्रशासन धार्मिक समुदायप्रति थप संवेदनशील र जिम्मेवार बन्नुपर्ने माग समेत पार्टी...