ओलीसॅग ठोक्किने कसैको पनि ह्याप्पी हर्मन बाँचेको छैन-दयालबहादुर शाही
१. पूर्वराष्ट्रपतिलाई प्रधानमन्त्री बनाउने गलत राजनीतिक नजीरको एमालेले क्रेन हुनुहुन्न भनेर २०८० साल बैशाखमै ऋषि धमलासॅगको अन्तरवार्तामा मैले भनेको हॅु ।
२. त्यसको १६ दिन पछि कर्ण बहादुर थापा कमरेडको ठ्याक्कै उल्टो खालको अनलाउन खबरमा अन्तर्वाता आयो ।
३. असार १३ गते एक अर्को अन्तर्वार्तालाई लिएर अध्यक्ष कमरेडले पूर्वराष्ट्रपतिसॅग तपाईको के दुश्मनी हो भनेर मलाई साफ झपार्नु भएको थियो ।दयाललाई अध्यक्षले लेख्न लगायो भन्ने कसैको शंका निराधार छ ।
४. सवेदनशील मुद्दा पूर्वराष्ट्रपतिसॅग सौहार्दपूर्णढंगले मिलाउनेमा म ढुक्क भएँ ।
५.मदनसॅग ठोक्किने सीपी र जेएन हुन् कि ओलीसॅग ठोकिने माधव, झलनाथ र प्रचण्ड कसैको पनि ह्याप्पी हर्मन बचेको छैन र फेसिएल एलर्जी टरेको छैन।सबैको रुवाबासी छ ।नयॅी शिराबाट निहॅु खोज्ने जतिले राम्रै हेक्का राखेको बेस ।
६. ओझपूर्ण राजनीतिमा निष्ठा,धैर्य,त्याग,समर्पण र लगनशीलता हुन्छ।स्वार्थपूर्ण राजनीतिमा कुण्ठा, छटपटी, क्षणिक लाभ,आत्म केन्द्रीयता र अवसरवाद बेला प्रकट हुन्छ।खाए बाघको मुख रातै नखाए मुख रातै ।मेरो बुझाईमा राजनीति प्रतिकूलता र अनुकूलता दुबै देश, जनता, पा्र्टी र साथीलाई शिरमा राख्ने साधना र कला हो जुन मेरा दुई जीवनगुरुको पथप्रदर्शनबाट जान्न सकिन्छ ।
७. २०४९ सालमा जननेता मदन भण्डारीलाई एक प्रश्न सोधिएको थियो- सीपी र झलनाथ खनालसॅगको प्रतिस्पर्धामा अल्पमतमा परे तपाईको भूमिका कस्तो हुन्छ ?
जननेताको उत्तर थियो- मदन भण्डारी अल्पमतमा परे पछि के गर्छ, मेरो विगत हेरे पुग्छ।०३७ सालमा म पनि अल्मतमा थिएँ ।मेरो रचनात्मक सहयोग रहन्छ ।
निष्ठा, क्षमता र प्रतिभा हेरेर मदनलाई ३२ वर्षको उमेरमा आधा दर्जनको पोलिटब्युरो र ३७ वर्षको उमेरमा उमेरले जेठा र वरियतामा सिनियर सहकर्मीले रडाको नमच्चाए पनि महासचिव माने।रडाको मच्चाए पनि एमालेलाई मनचिन्ते झोली बनाउने सीपी, वामदेव, माधव, झलनाथ, प्रचण्डका सपना ध्वस्त महाशक्ति एमाले कार्यकर्ताको अदालतले गरेको तथ्यलाई गडबडी गर्ने जतिले हेक्का राख्दा राम्रै होला ।
८. प्रचण्डको जस्तो जंगली आचरण र बन्दुके शैलीले लोकतान्त्रिक गणतन्त्रको छाता मानिने पूर्वराष्ट्रपति र पूर्व उपराष्ट्रपतिको टहल र व्यवस्थापन गर्दा नेपाली कांग्रेस, भाजपा र कांग्रेसभन्दा लोकतान्त्रिक आचरणको कम्युनिष्ट पार्टीको रुपमा एमालेको जुन शाख छ, फेरि संकटमा पर्नेछ ।
९. माओ, नेहरु, बीपी र विहारीले क्रमशः सीपीसी, भारतीय राष्ट्रिय कांग्रेस,नेपाली कांग्रेस र भाजपालाई सिंगो जीवन दिएर ती पार्टीलाई मजबुत बनाउनु भयो।ती पार्टीहरुको जमिन छिमेकीले च्याप्न नसक्ने, दलाल दम नपुग्ने, सरकारले पनि बेच्न, नपाउने, बाढी र कटानले नछुने र भासिने समस्या नरहेको टुंण्डिखेल जस्तो छ ।
एमाले भने वामदेव, सीपी, माधव, झलनाथ प्रवृत्तिका नर्कट नेतृत्वका कारण कमजोर जमिनमा उभिएर अस्तित्व रक्षाको लडाइॅ लड्नु परेको छ । कतै बाह्रबीसेले जस्तै हिमताल फुटेर आएको बाढी,कतै गैरी खेतको शिरै हान्यो शैलीको कटान समस्या, कतै बस्ती नै छोप्ने सिन्धुपाल्चोक तीनजुरेको पहिरो, कतै पार्किंगमा राखेको गाडी नै बेपत्ता पारेर खाइदिने मकवानपुरको दलदले जमिन शैलीका एमाले कार्यकर्ताले उभिने जमिवको महासंकट बेहोरेको प्रति महत्वाकांक्षाका नयॅा व्यापारी र समीकरणका नयॅा खेतीवालले जान्नु जरुरी कि एमाले कार्यकर्ता अदालतको मुड बद्लै छ ।
स्मरणीय : प्रस्तुत विचार सङ्घीय सांसद (एमाले) दयालबहादुर शाहीको फेसबुकबाट साभार गरिएको हो l फोटो पनि उहाँ कै फेस बुकबाट लिइएको छ l
'अहिले नभेटिए पनि पछि भेटिएपछि हत्या गरिन्छ, उहाँ पनि हिट लिस्टमै हुनुहुन्छ'भन्ने हल्ला उहाँको गाउँ...
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...