रिकन्डिसन कारको माग बढ्यो, आपूर्ति सुस्त
तरलताले पिरोलियो रिकन्डिसन बजार

काठमाडौं । बजारमा सेकेन्ड ह्यान्ड (रिकन्डिसन) कार/जीपहरुको माग बढेको छ । तर, पनि रिकन्डिसन स्टोरहरुले मागअनुसार बिक्री गर्न सकिरहेका छैनन् ।
अहिले पुराना कारहरुको माग बढेको मात्रै छैन, खरिद बिक्री पनि सुस्ताएको छ । माग हुँदा हुँदै पनि आपूर्ति कमजोर भएर यस्तो अवस्था आएको व्यवसायीहरुले बताएका छन् ।
वित्तीय प्रणालीमा तरलताको संकट र सरकारको आयातलाई कस्ने नीतिका कारण नयाँ कारको आयात रोकिएर बिक्री खुम्चिएको छ । तर, त्यसको प्रभाव रिकन्डिसन बजारसम्म परेको छ । सिप्रदी अस्योर्डका डेपुटी जनरल म्यानेजर ध्रुब रेग्मीका अनुसार सरकारले कार आयातमा प्रतिवन्ध लगाएपछि सेकेन्ड ह्यान्ड कारको माग बढेको बताउँछन् । १५ भदौसम्मका लागि सरकारले कार/जीप/भ्यानको आयातमा प्रतिवन्ध लगाएको छ ।
यसले बजारमा रिकन्डिसन कारको माग बढाउन सघाएको छ । ‘कसैले नयाँ गाडी चढेपछि पुरानो गाडी रिकन्डिसन बजारमा आउँछ,’ उनी भन्छन्,‘तर, नयाँ गाडीको आयातमा नै प्रतिवन्ध लागेपछि बजारमा नयाँ गाडीको अभाव छ । यसले रिकन्डिसन कारको आपूर्ति चक्र भत्किएको छ ।’
गभर्नर खोज्ने समितिको सदस्य पौडेल आफै गभर्नर बनेको विषयलाई केटी माग्न गएको लमी केटी मन परेपछि आफै बे...
होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक मर्क्य...
युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाट, मलेसियन...