अमेरिकाको भिजिटर भिसाका लागि १५ हजार डलरसम्म धरौटी राख्ने नियम प्रकाशित, कुन कुन देश प्रभावित?

अमेरिकाका भिजिटर भिसा आवेदकहरूले अगस्ट २० देखि १५ हजार डलरसम्मको धरौटी तिर्नुपर्ने अस्थायी अन्तिम नियम आज फेडरल रजिष्ट्ररमा प्रकाशित भएको छ । विदेश मन्त्रालयले अगस्त २० देखि यो १२ महिनाको कार्यक्रम सुरु गर्ने भएको छ भने यो कार्यक्रम अगस्ट ५, २०२६ सम्म चल्नेछ। नयाँ नियमअनुसार कन्सुलर अधिकारीहरुले केही देशका गैरआप्रवासी भिसा आवेदकहरूलाई भिसा जारी गर्ने शर्तको रूपमा १५ हजार डलरसम्मको धरौटी तिर्नुपर्ने आवश्यकता राख्न सक्नेछन्। यो नियम अमेरिकाको भिजिटर भिसा बी वान, बी टु आवेदकहरुमा लागु हुनेछ ।
यो नियम उच्च भिसा ओभरस्टे दर, अपर्याप्त जाँच र छानबिन वा निवास आवश्यकताबिना नागरिकता प्रदान गर्ने कार्यक्रम भएका देशका नागरिकहरूलाई लागू हुनेछ। मंगलबार विदेश मन्त्रालयले कभर गरिएका देशहरूको सूची प्रकाशित गरिसकेको छ । सुरुमा यो नियम मालावी र जाम्बियाका नागरिकका लागि हुनेछ । तर १२ महिनाको अवधिमा सूची संशोधन गर्न सक्ने नियममा उल्लेख छ । आर्थिक बर्ष २०२३ को ओभरस्टे रिपोर्टका आधारमा यी देशहरुमाथि धरौटीको नियम लगाइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । धरौटी रकम ५ हजार डलर, १० हजार डलर वा १५ हजार डलर गरी तीन तहमा निर्धारण गरिएको छ । कन्सुलर अधिकारीले भिसा अन्तरवार्ताको समयमा आवेदकको व्यक्तिगत परिस्थितिको आधारमा कति रकम निर्धारण गर्ने भन्नेबारे स्वविवेकी निर्णय गर्नेछन् । रकम ट्रेजरीद्वारा संचालन गरिएको वेबसाइटमार्फत जम्मा गरिनेछ र ट्रेजरीद्वारा संचालित म्ज्क् खातामा जम्मा हुनेछ। यदि भिसाधारकले भिसाका अन्य नियम र समयमा प्रस्थानको शर्त पालना गरेमा धरौटी रकम फिर्ता गरिनेछ। तर यदि भिसाधारकले आफ्नो स्थितिको कुनै शर्त उल्लंघन गरे वा ओभरस्टे गरेमा, धरौटी उल्लंघन भएको मानिनेछ र जम्मा रकम जफत गरिनेछ। धरौटी रकममा कुनै ब्याज नलाग्ने नियममा स्पष्ट पारिएको छ । धरौटी तिर्नुपर्ने आवेदकको भिसा ३ महिनाको र एकपटकमात्र प्रवेश गर्न पाइने हुनेछ भने सीबीपी अधिकारीले प्रवेश अवधिलाई ३० दिनमा सीमित गर्न सक्नेछन् । अहिलेका लागि यो कार्यक्रममा नेपाललाई भने समावेश गरिएको छैन । खसोखासको युट्युब च्यानलमा थप जानकारी पाउनुहोस् अमेरिकाको भिजिटर भिसाका लागि १५ हजार डलरसम्म धरौटी राख्ने नियम प्रकाशित, कुन कुन देश प्रभावित? बाइडेन प्रशासनको पहिलो तीन वर्षमा कुल ३,१४३ नेपालीहरूले संयुक्त राज्य अमेरिकामा आफ्नो भिजिटर भिसा ओभरस्टे गरेका थिए ।
आर्थिक वर्ष २०२३ मा नेपालीको कुल ओभरस्टे दर ४.१९% थियो, जसमा सन्दिग्ध इन-कन्ट्री ओभरस्टे दर ३.६०% थियो । २०२३ मा २४,७२३ अपेक्षित प्रस्थानहरूमध्ये, १,०३६ ले ओभरस्टे गरे, जसमा ८९० सन्दिग्ध इन-कन्ट्री ओभरस्टे र १४६ आउट-अफ-कन्ट्री ओभरस्टे थिए। आर्थिक वर्ष २०२२ मा, कुल ओभरस्टे दर १२.३१% थियो, जसमा सन्दिग्ध इन-कन्ट्री ओभरस्टे दर १०.८९% थियो। १४,६९९ अपेक्षित प्रस्थानहरूमध्ये, १,८०९ ले ओभरस्टे गरे, जसमा १,६०१ इन-कन्ट्री ओभरस्टे र २०८ आउट-अफ-कन्ट्री ओभरस्टे थिए। २०२१ मा, कुल ओभरस्टे दर ८.५% थियो, ३,५०७ अपेक्षित प्रस्थानहरूमध्ये २९८ ओभरस्टे थिए। यीमध्ये १४६ इन-कन्ट्री ओभरस्टे र १५२ आउट-अफ-कन्ट्री ओभरस्टे थिए। वर्षौंदेखि, नेपालीहरूको ओभरस्टे दरमा उतारचढाव आएको छ तर हालैका वर्षहरूमा स्थिर कमी देखिएको छ। कोभिड-१९ महामारीले २०२० मा अवरोधहरू निम्त्याए तापनि त्यस वर्ष १,२६१ नेपालीहरूले ओभरस्टे गरे, कुल ओभरस्टे दर ४.५५% थियो। २७,७१२ अपेक्षित प्रस्थानहरूमध्ये, ७१७ इन-कन्ट्री ओभरस्टे र ५४४ आउट-अफ-कन्ट्री ओभरस्टे थिए।२०१९ मा, कुल ओभरस्टे दर ३.३८% थियो, २७,०९६ अपेक्षित प्रस्थानहरूमध्ये ९१६ ओभरस्टे थिए। त्यसैगरी, २०१८ मा कुल ओभरस्टे दर ४.३६% थियो, १,१८५ ओभरस्टेहरू थिए, जसमा ९७० इन-कन्ट्री र २१५ आउट-अफ-कन्ट्री ओभरस्टे थिए। बाइडेन प्रशासनअघिको तथ्यांकले केही वर्षहरूमा उच्च ओभरस्टे दरहरू देखाउँछ, जस्तै २०१६ मा, जब दर ५.४% पुग्यो, १८,७७५ अपेक्षित प्रस्थानहरूमध्ये ९४६ ओभरस्टे थिए। यसको विपरीत, २०१७ मा अपेक्षाकृत कम ओभरस्टे दर २.३३% थियो, २४,२४० अपेक्षित प्रस्थानहरूमध्ये ५६४ ओभरस्टे थिए। साभार
स्मरणीय -प्रस्तुत सामग्री खसोखास.कम बाट साभार गरिएको हो l सामग्रीको लागि सम्बन्धित पक्षलाई हार्दिक धन्यवाद l - सम्पादक
ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ ।
मानवीय संवेदनशीलतासमेत हराइरहेको अवस्थामा कुकुरको काजकिरिया गर्दा सबैले अनौठो मानिरहेका छन् ।