गायक पशुपति शर्मा कार दुर्घटनामा

स्याङ्जा- साउन, २१ : लोक गायक पशुपति शर्मा चढेको कार आज बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटना भएको हो l
जिल्ला प्रहरी कार्यालय स्याङ्जाकाअनुसार सामान्य दुर्घटना भएको भनिएको छ l पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको प्रहरी स्रोतको भनाई छ l
कारमा ४ जना रहेको र कसैलाई पनि ठूलो चोट नलागेको जानकारी प्राप्त भएको छ । उक्त दुर्घटनामा परि गायक पशुपति शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको र कार सामान्य क्षतिग्रस्त भएको छ l
स्मरणीय : गायक शर्माको फाइल फोटो प्रयोग गरिएको छ l
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...