आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै

रासस-फुङ्लिङ (ताप्लेजुङ), १५ साउनः मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा निर्माण तथा व्यवस्थापनमा आर्थिक अभाव भएको छ ।
प्रारम्भमा स्थानीय, विदेशी दाताको सहयोग र गाउँपालिकाको बजेटबाट पुनर्निर्माण थालिए पनि अन्तिममा रकम अपुग भएको छ । बजेट नहुँदा काम रोकिएको छ । विसं १९०५ मा स्थापित गुम्बाको संरक्षण तथा सञ्चालनका लागि गुठीको व्यवस्था गरिएको थियो । गुठीको निरन्तरता नहुँदा २०७७ सालमा स्थानीय तेन्जिङ शेर्पाको अगुवाइमा पुनर्निर्माण सुरु गरिएको थियो ।
शेर्पालाई अमेरिका, जर्मनी लगायत देशमा रहेका नेपालीले रु ४५ लाख प्रदान गरेका थिए । प्राप्त रकमबाट काम थालिएको जानकारी दिँदै सामाजिक अभियन्ता शेर्पाले हाल रकम अभावमा काम रोकिएको बताउनुभयो । गुम्बाको प्लास्टर, भुइँ सिँगार, सिलिङलगायत संरचना पूरा गर्न रकम अभाव भएको उहाँको गुनासो छ । उहाँले दाताहरूलाई सहयोगका निम्ति आग्रह गर्नुभएको छ ।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइने चलन छ l
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व धूमधामका साथ मनाइन्छ ।
पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।