नेकपा एमालेले ६ जना केन्द्रीय सदस्यलाई कारबाही गर्यो
काठमाडौं– नेकपा एमालेले ६ जना केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट हटाएको छ।
एमालेले पार्टी संगठनलाई समय दिन नसकेको, जिम्मेवारीबाट अलग हुन चाहेको, लामो समयसम्म पार्टीबाट निस्कृय रहेको, स्वास्थ्य समस्यालगायत कारण देखाएका ६ जना केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट बिदा दिइएको एमालेले बताएको हो। एमालेले केशव स्थापित, प्रमोदनारायण यादव, अजय क्रान्ति शाक्य, जुनेली श्रेष्ठ, पार्वती रावल र पुरनसिंह दयाल बैतडीलाई केन्द्रीय सदस्यबाट हटाएको हो।
लामो समयदेखि पार्टीको काममा संलग्न नदेखिएका अन्य केही केन्द्रीय सदस्यको हकमा अवस्था र कारण बुझेर आगामी बैठकमा आवश्यक निर्णय लिइने एमालेको अन्तरपार्टी निर्देशन (अपानि)मा उल्लेख छ।
akabarey. com परीक्षणमा छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...