नेपाल प्रहरीका ६ जना एसएसपीहरूको सरुवा प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीका ६ जना एसएसपीहरूको सरुवा प्रस्ताव गरिएको छ ।
प्रहरी प्रमुख आईजीपी वसन्त कुँवरले ६ जना एसएसपीहरूको अदलबदलका लागि गृह मन्त्रालयमा प्रस्ताव गरेका हुन् ।गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रालयबाट निर्णय हुन भने बाँकी रहेको छ । स्रोतका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीलाई महिला बालबालिका सेलमा पठाउने गरी प्रस्ताव गरिएको छ ।यस्तै उनको ठाउँमा सोमेन्द्र सिंह राठौरलाई पठाउन भनिएको छ ।
यस्तै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीलाई आईजीपीको कार्यालयमा पठाएर त्यहाँ रहेका भूपेन्द्र खत्री काठमाडौंमा सरुवा प्रस्ताव गृहमा पुगेको स्रोतले जनाएको छ ।
त्यसैगरी ललितपुरमा सीआईबीका दिनेश आचार्यलाई पठाएर त्यहाँ रहेका सिद्धि विक्रम शाह सीआईबीमा ल्याउन भनिएको छ ।
akabarey.com परीक्षण प्रसारणमा छ l
नयाँ घर बनाउन पुरानो भत्काएका जीवछ दुई महिनादेखि पत्नी सविता, दुई छोरी र दुई छोरासहित छिमेकी महेन्द्...
जब शिवकलाले किन्ने भइन्, तब तनाव सिर्जना भयो । ‘तल्लो जातकालाई खेत बेच्न दिँदैनौं,’ उनका दाजुभाइले भ...
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगले दलितको हक अधिकार प्रवर्द्धन गर्न काम गरिरहे...