दशैं व्यापार प्रवर्धन मेला आइतबारदेखि
स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न पाँचौं दशैं जुत्ताचप्पल व्यापार प्रवद्र्धन मेला आइतबारदेखि हुने भएको छ ।

४ भदौ, काठमाडौं । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न पाँचौं दशैं जुत्ताचप्पल व्यापार प्रवद्र्धन मेला आइतबारदेखि हुने भएको छ ।
स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौं व्यापार प्रवद्र्धन मेला काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो ।
मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गर्न लागेको जानकारी दिए ।
मेलाले एक अर्का उद्यमीबीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउने वातावरण निर्माण गर्ने उनको भनाइ छ ।
सो एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले कोरोना महामारीका कारण धराशायी बनेको नेपाली जुत्ताचप्पल उद्योगको विकासका लागि मेलाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्राण्डका एक हजार मोडलका जुत्ता पाउन सकिने बताइएको छ । मेला १५ दिनसम्म चल्ने छ ।
राजाको अघिल्तिर बीपी प्रजा मात्रै हुन् भन्ने इगोको कारण महेन्द्रले बीपीलाई बन्दी बनाएर अहंम् साँधेर...
हाम्रो पार्टीको आधार नै विश्वास, आशा र प्रेममा आधारित हो । यही मूल्य मान्यतामा आधारित भएर हामी राष्ट...
'झोले' एक माइन्डसेट, संरचनात्मक रूपमा मस्तिष्क नियन्त्रणको एउटा चतुर तर खतरनाक औजार पनि हो ।