मलाई कसैले काटेर फाले भने पनि मेरा रगतका सिर्का, मासुका चोक्टा र हड्डीहरूले राजा, राजा र राजा नै भनिरहेका हुनेछन् - नरेन्द्रराज प्रसाई
साहित्यकार नरेन्द्र प्रसाई कुन हदका राजावादी हुन् । उनले आफ्नो फेस बुक वालमा केही वर्ष अघि राखेको भनाई सान्दर्भिक लागेर akabarey.comले विचार मञ्चमा समावेश गरेको छ l उनको निस्वार्थ राजभक्ति भने अचम्म लाग्दो छ । निष्ठाको यो हद गज्जब छ । यस्ता राजावादी कति होलान् देशमा ? उनको वालमा यस्तो लेखिएको छ :
"मलाई कसैले काटेर फाले भने पनि मेरा रगतका सिर्का, मासुका चोक्टा र हड्डीहरूले राजा, राजा र राजा नै भनिरहेका हुनेछन् ।
म त्यही स्तरको राजावादी हुँ । राजतन्त्र फर्केपछि मैले राजाको सिन्दुर पहिरिएँ भने मलाई कालो मोसो दल्नु, मलाई जुत्ताको माला लगाई दिनु र मलाई राष्ट्रबाट वहिष्कार गरिदिनु ।
पद खानका लागि मैले राजा मानेको होइन । देश बचाउनका लागि मात्र मैले राजालाई गुहार मागेको हुँ ।
२०६५ सालमा भाइ ठाकुर बेलबासेसँगको ईमेज खबरको अन्तर्वार्तामा मैले यही भनेको थिएँ र आज पनि म त्यही भन्छु ।
आजसम्म मैले राष्ट्रपति भवन टेकेको छैन र उहाँ उपस्थित ठाउँहरूमा खुट्टा हालेको छैन ।"
स्मरणीय : Akabarey.com विचार प्रवाहको साझा मञ्च हो यसले कुनै पनि विचार अभिव्यक्तिको स्वतन्त्रतालाई निषेध गर्दैन l सम्पादक
'अहिले नभेटिए पनि पछि भेटिएपछि हत्या गरिन्छ, उहाँ पनि हिट लिस्टमै हुनुहुन्छ'भन्ने हल्ला उहाँको गाउँ...
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...