पहिचान ,संघीयता,न्याय,अधिकार र समावेशी राष्ट्रको सपना -दलमर्दन कामी
हालै मुक्कुम्लुङमा आन्दोलनरत 'नो केबलकार' पक्षधरहरूमाथि राज्यद्वारा भएको दमनले हाम्रो देशमा विद्यमान गहिरो संरचनागत विभेद र नस्लीय उच्च जातीवादी अहंकारवादीहरूको अन्यायलाई पुनः उजागर गरिरहेको छ । स्थानीय आदिवासी, जनजाति, भुमिपुत्र समुदायको इच्छा र चाहनाको विपरीत, किराँत लिम्बूजातिको सांस्कृतिक धरोहर मुकुलुङ्ग (पाथीभरा) क्षेत्रमा केही व्यक्ति र दलालहरूबाट संचालित कम्पनीहरूको स्वार्थ पूर्तिका लागि सरकारले जबर्जस्ती केवलकार परियोजना अघि बढाउदै स्थानीय जनता र आस्थाका मानिसहरुमा माथि अन्याय पुर्ण दमन हुनु लोकतन्त्रको मर्म र संघीयताको भावनामाथि आक्रमण हो । यस्ता विकास योजनाहरू स्थानीय जनताको अधिकार, संस्कृति, सभ्यता र पहिचानमाथि धावा बोल्ने नयाँ स्वरूपका 'आधुनिक औपनिवेशिक' अतिक्रमणको अभ्यासहरू मात्रै हुन ।
पहिचान,संघीयता,न्याय,अधिकार र समावेशी राष्ट्रको सपना - संयुक्त नागरिक पार्टीको यात्रा l
संविधानले दिशानिर्देश गरेको पहिचानका पाँच आधार सामर्थ्यका चार आधारमा संघीयतालाई कार्यन्वयन गराउन खबरदारी गर्दै राज्यले जबर्जस्त लादेको एकल जातीय एकल नश्लीय र गोत्रीय प्रदेश १ को नाम कोसी खारेजी गर्दै आएका पहिचानवादी शक्तिहरु पछिल्लोपटक किराँती लिम्बुजातीयको सांस्कृतिक धरोहर मुकुमलुङ्ग क्षेत्रको संरक्षण आन्दोलनमा सशक्त भएको छ । गत वैशाख ११ गते काठमाडौँस्थित रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा मुकुमलुङ्गमा नो केबलकार आन्दोलनको समर्थन गर्दै पहिचानवादी हरूले पत्रकार सम्मेलन गरेर स्पष्ट रूपमा राज्यको दमनको विरोध गर्दै आफ्नो विचार, भावना र मागहरू सार्वजनिक गरे ।
पत्रकार सम्मेलनलाई केही सञ्चारमाध्यमहरूले तोडमोड गर्दै भ्रमपूर्ण, प्रायोजित, तथा दलाल र तिनका मतियारहरुले कम्पनीको पक्षमा प्रचार गरेर प्रेस स्वतन्त्रताको दुरुपयोग समेत भएकोछ यो शिल्पी/दलित आदिवासी जनजाति मधेसी मुस्लिम ,इशाइ बुद्धिष्ट लगायतका उत्पीडितमाथि गर्दै आएको अन्यायका रणनीति ज्वलन्त उदाहरण हो। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको मूल मर्म नै न्याय, समानता, समावेशीता र पहिचानको सम्मान हो, तर राज्यका सबैसंरचनाहरूमा अझै पनि एकल जातीय, एकल धार्मिक र एकल नस्लीय हस्तक्षेप कायम रहेकोले यो व्यवस्था जनताको अपेक्षा अनुरूप संस्थागत हुन सकेको छैन । सत्तामा पुगेका परम्परागत दलहरूले सत्ता र पदलोलुप नेताहरू उत्पादन गर्दै जनताको आत्मसम्मान, समृद्धि र समावेशी शासनप्रति कुठाराघात गरेकाले अब नयाँ विकल्प शक्ति राजनीति नेतृत्वको अपरिहार्य बनिसकेको छ। यही आवश्यकता र ऐतिहासिक सन्दर्भलाई ध्यानमा राखी उत्पीडित, सीमान्तकृत, शिल्पी(दलित), महिला, मधेसी, थारु,आदिवासीजनजाति, मधेसी,थारू,मुस्लिम ,इशाइ बुद्धिष्ट लगायतका अल्पसंख्यक तथा अन्य पहिचान समुदायहरूको नेतृत्वमा संयुक्त नागरिक पार्टी गठन गरिएको हो । यो पार्टी कुनै पनि पार्टीको विकल्पको रूपमा होइन, नयाँ राजनीतिक संस्कार र नविन नेतृत्वको आशाका रूपमा आएको हो, जसले मुलुकमा समता, न्याय, समानुपातिकता, मानव अधिकार, मौलिक हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, धार्मिक स्वतन्त्रता लगायत सम्पूर्ण लोकतान्त्रिक मूल्यहरूलाई व्यवहारमा संस्थागत गर्नको निमित्त हो ।
संयुक्त नागरिक पार्टीको मूल धारणा आदिवासी, जनजाति, शिल्पी(दलित ) महिला, मधेशी लगायत उत्पीडित समुदायको नेतृत्वमा वैकल्पिक शक्ति निर्माण गर्दै राज्यका सबै तह र तप्कामा वास्तविक समानुपातिक समावेशी सहभागिता,भौगोलिक, जातीय, धार्मिक, सांस्कृतिक विभेदको अन्त्य,भ्रष्टाचारविरुद्ध कठोर नीति, नैतिक र जनमुखी नेतृत्वको निर्माण गर्दै शान्ति, समृद्धि ,र सर्वजातिय समावेशी सामाजिक लोकतान्त्रिक समाजवादको दिशामा वैज्ञानिक र न्यायमूलक विकासमा संयुक्त नागरिक पार्टी विश्वास गर्छ।देशमा आम नागरिक उनको पहिचान, अस्तित्व र आत्मसम्मान स्थापित नगरीकन कुनै पनि राजनीतिक परिवर्तन दिगो शान्ति बिकास र समृद्धि हुँदैन ।
यसर्थ सम्पूर्ण उत्पीडित समुदाय, सचेत नागरिक, अधिकारकर्मी र न्यायप्रेमीहरूलाई गोलबन्द हुँदै मुलुकमा विद्यमान सबै प्रकारका जातीय, धार्मिक, सांस्कृतिक, भाषिक, लैंगिक, भौगोलिक, क्षेत्रीयलगायत सबै प्रकारका विभेद, दमन र बहिष्करणको अन्त्य गर्दै न्यायमूलक, समतामूलक, विभेदरहित, सभ्य, सम्वृद्ध समाज र समावेशी राष्ट्रको निर्माण आजको आवश्यकता हो । पहिचान, अस्तित्व र आत्मसम्मानलाई स्थापित गर्दै, शिल्पी/दलित समुदायमाथि हुने छुवाछुत विभेद हिंसाको अन्त्य गर्दै, उनीहरूको सम्मानजनक पहिचान र विशेष अधिकारको प्रत्युभूति गर्दै, देशलाई वैज्ञानिक तरिकाले दूत विकासको बाटोमा अगाडि बढाउन सशक्त नेतृत्व प्रदान गर्ने प्रतिबद्धताका साथ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकास र सम्वृद्धिमा योगदान दिने उद्देश्यले मौलिक विचारधारमा आधारित रहे संयुक्त नागरिक पार्टी अभियानमा गोलबद्ध हुन पार्टीको अध्यक्षको हैसियतमा देश बिदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी सबैमा हार्दिक अपिल गर्दछु ।
लेखक : दलमर्दन कामी संयुक्त नागरिक पार्टीका अध्यक्ष हुन् l अकबरेको विचार मञ्च सबैको साझा थलो भएकोले सबैको विचारलाई स्थान प्राप्त छ l सम्पादक
'अहिले नभेटिए पनि पछि भेटिएपछि हत्या गरिन्छ, उहाँ पनि हिट लिस्टमै हुनुहुन्छ'भन्ने हल्ला उहाँको गाउँ...
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...