राष्ट्रिय दलित गोलमेच सम्मेलनको व्यापक तयारी हुँदै

राष्ट्रिय दलित गोलमेच सम्मेलनको केन्द्रीय सचिवालयले आज बसेको बैठकमा सम्मेलनलाई भव्य, समावेशी प्रभावकारी र विशेष बनाएर दूरगामी नीति र निर्णय गर्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ । सम्मेलनको तयारीलाई तीव्रता दिँदै सचिवालयले आयोजक समितिमा नयाँ सदस्यहरू थप्ने, अनुपस्थित सदस्यहरूलाई सचेत गराउने, आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउने र व्यापक प्रचारप्रसार गर्ने योजना बनाएको छ । सम्मेलनमा विविध क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न सचिवालय र मूल आयोजक समितिमा नयाँ सदस्यहरू समावेश गरेको छ ।
भारतका विभिन्न राज्यहरूमध्ये दिल्लीका शेरबहादुर विश्वकर्मा, पञ्जाबका अनुराग ताम्राकार, बेंगलोरका जनकबहादुर बिक, राजस्थानका मानबहादुर टमट्टा र गुजरातका जगत रसाइली सचिवालयमा थपिएका छन् l मूल आयोजक समितिमा महाराष्ट्रका रवि जैगढी, हरियाणाका रवि तिरुवा, महाराष्ट्रकै अमर बरबिजे, पुणेका धनबहादुर जैगढी, सुरतका कालुसिङ ओड, लखनऊका जनक मयालति विक, कर्नाटकका सुरत विश्वकर्मा, तमिलनाडुका कमल परियार, कानपुरका कृष्ण तिरुवा र खडक रसाइली तथा लखनबाट तिलक ताम्राकार मनोनित भएका छन् ।
नेपालबाट कर्णाली प्रदेश संयोजक डम्बर नेपाली, हिरा सुनार, रमेश सी, उदिराम चुनारा, हिक्मत वादी, शान्ति विसुङ्गे र धादिङका रमेश विश्वकर्मा समितिमा समावेश भएको राष्ट्रिय दलित गोलमेच सम्मेलनका केन्द्रीय सचिवालय सदस्य सुशील ओखेडाले बताए ।
बैठकमा सहभागी नभएका सचिवालय सदस्यहरूलाई औपचारिक पत्राचार गरी सचेत गराउने निर्णय पनि भएको छ । उनीहरूलाई वैशाख १६ गते बस्ने अर्को बैठकमा अनिवार्य उपस्थित हुन आग्रह गरिने बताइएको छ ।
सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिइएको छ । नयाँ आर्थिक स्रोतहरू खोज्ने र खर्चमा पारदर्शिता कायम गर्ने योजना बनाइएको छ । साथै, सम्मेलनको उद्देश्य, गतिविधि र निर्णयहरूलाई आमजनतासम्म पुर्याउन प्रभावकारी प्रचारप्रसार गर्ने रणनीति अघि सारिएको छ ।
राष्ट्रिय दलित गोलमेच सम्मेलनका प्रवक्ता अग्नीशीखाले यी निर्णयबाट सम्मेलनलाई समावेशी, पारदर्शी र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले दलित समुदायको उत्थान, समानता र सामाजिक न्यायका लागि यो सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । आगामी वैशाख १६ गतेको बैठकमा थप रणनीतिहरू तय हुने अपेक्षा गरिएको छ ।
राष्ट्रिय दलित गोलमेच सम्मेलनले दलित समुदायको हकहित र सशक्तीकरणका लागि ठोस कदम चाल्ने प्रतिबद्धता जनाएको छ । यो सम्मेलनले सामाजिक न्याय र समावेशीताको सन्देशलाई सशक्त रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
राष्ट्रिय दलित गोलमेच सम्मेलन राजनीतिक प्लेटफर्म पनि हो l
संयुक्त नागरिक पार्टीले यो विश्वास गर्दछकी साँचो लोकतन्त्र तब मात्र सम्भव हुन्छ जब सबै समुदायको बराब...
जुन सपना मैले र मेरो परिवारले देखेका थियौँ, त्यो यही छात्रवृतिले पूरा गरेको हो । त्यसैले सरकारप्रति...