आज मातातीर्थ औंसी,आमाको मुख हेर्ने दिन

काठमाडौं,१४ वैशाख- जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी भनेर विशेष रूपमा आमाको भक्तिभाव गरी मनाउने चलन छ l
पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकारहरूका अनुसार यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् । आमालाई सम्झने र आमाको स्मृतिमा केही समाजउपयोगी काम गर्ने प्रचलन रहेको छ l
हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो । ‘शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ, त्यसैले आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैंमा निकै महत्वपूर्ण छ l
घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा घर जान नपाएकाहरूले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्छन् l आजकल सामाजिक सन्जालमा आमाको तस्वीर राखेर सम्मान भाव प्रकट गर्ने गरिन्छ l
दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीका दिन काठमाडौंको थानकोट क्षेत्रमा रहेको मातातीर्थमा मेला लाग्ने गरेको छ l प्रत्येक वर्ष आजकै दिन ठुलो घुइँचोका साथ मेला लाग्दछ l आजपनि उक्त क्षेत्रमा त्यस्तै मेला लागेको र श्रद्धालुहरू पुगेको समाचार प्राप्त भएका छन् l मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ, सोही विश्वास र लोकोक्तिको कारण मेला भीडभाडयुक्त हुने गर्दछ l
आमा नहुनेहरू मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् । आमा नभएकाहरूले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औँसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।
'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी' आमा र जन्मभूमि स्वर्गभन्दा ठुला हुन् l
स्मरणीय: फोटो मोहन सहयात्रीको फेसबुकबाट साभार
विसं १९०५ मा स्थापित गुम्बाको संरक्षण तथा सञ्चालनका लागि गुठीको व्यवस्था गरिएको थियो ।
सात तहमा बनाइएको शिवलिङ्गको हरेक तहमा १०८ वटा नाग बनाइएको छ ।
पर्यटक लक्षित गरी किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिएका छन् ।