निर्देश सिलवालको माननीय सुमना श्रेष्ठलाई प्रश्न

सुमनाजिको राजीनामाको तारिफ गर्दै उहाँले भने जस्तै नागरिकले प्रश्न गर्नुपर्छ भन्ने कुरामा आंशिक सहमत हुँदै उहाँलाई नै विनम्र भएर निम्न प्रश्न गर्न चाहन्छु ।
(पक्ष/विपक्षमा तपाईहरूको थप प्रश्न भए वा तपाईहरूलाई लागेको उत्तर तर्क सहित कमेन्ट गर्न सक्नुहुन्छ।)
१. संसदीय भुमिका मात्र लिन्छु भन्नेले पार्टीले पाएको समानुपातिक मतबाट किन सांसद भएको ? आफै प्रत्यक्ष चुनावमा स्वतन्त्र किन नउठेको ?
२. संसदीय भुमिकामा केन्द्रित हुन चाहनेले विधायिकी भूमिका मात्र नलिई कार्यकारी भूमिकाको लागी मन्त्री हुन किन गएको ?
३. संसदीय व्यवस्थामा एक व्यक्ति एक पद कसरी हुन्छ ? जहाँ पार्टीले टिकट नदिई सांसद हुन पाईदैन, सांसद नभए मन्त्री हुन पाईदैन । साच्चै सैद्धान्तिक/व्यवहारिक विकल्प नै खोजेको हो भने संसदीय प्रणालीको साटो राष्ट्रपतीय प्रणालीको माग किन नगरेको ?
४. जलेश्वर वैठकबाट सह-महामन्त्री हुँदा सांसद पद थिएन ? अनि बिचमा मन्त्री हुदा ? ठिक छ अहिले होश आयो, तर विगतप्रति आत्मालोचना र भविष्यमा सांसद रहुन्जेल विधायिकी भूमिका मात्र खेल्छु कार्यकारी भूमिकामा जान्न भन्नेप्रतिवद्धता खोइ ? कि पार्टी मात्र घाँडो भएको हो ? पार्टी घाँडो भएको हो भने किन खुलस्त नपार्ने ? त्यसको विकल्प के हो ?
५. पार्टीले कार्वाही गरे प्रधानमन्त्री पद त जाने व्यवस्थामा सांसदले पार्टी जिम्मेवारीबाट पर बस्न ब्यबहारिक छ ? छ भने यो मोडेल किन पार्टीमा लागु नगर्ने ? कसरी लागु गर्नुहुन्छ ? पार्टी जिम्मेवारी अन्य सांसदलाई पनि घाँडो भएको होला !
६. सायद पार्टीको जिम्मेवारीले 'भ्यालु एड' भएन होला ! पदले व्ईयक्तिलाई 'भ्यालु एड' गर्ने हो कि जिम्मेवारी लिनेले संस्थालाई 'भ्यालु एड' गर्ने हो ? यो प्रकरण कसरी व्यक्तिवादी भएन ? कि अब रास्वपाबाट लिन मन लागेको पद सक्किएको हो ?
७. हामीलाई पनि देशको सेवा गर्न मन छ । पार्टीको कुनै जिम्मेवारी नलिइकन सांसद-मन्त्री-प्रधानमन्त्री सबै बन्नु छ । सांसद मात्र हुँदा एक ब्यक्ति एक जिम्मेवारी/कार्यक्षेत्र भन्नु छ तर मन्त्री/प्रधानमन्त्री हुँदा यो त फरक जिम्मेवारी होईन सांसदकै जिम्मेवारी हो भनेर तर्क गर्नु छ । मलाई संसद भित्र सभामुखलाई मान्नु छैन, पार्टी भित्र अध्यक्षलाई मान्नु छैन, मन्त्री हुदा प्रधानमन्त्रीलाई मान्नु छैन । म जनतालाई मात्र मान्छु र त्यो जनता मैले सोचेको जस्तै सोच्ने हुनुपर्छ । यो कस्तो राजनीतिक मोडल हो ?
तपाईहरूलाई जस्तै मलाई पनि मनपर्ने नेतृ हुन् - सुमना । यी प्रश्न सोध्नुको एउटै कारण- साच्चै जान्न मन लागेर हो । आशा लागेकै भएर प्रश्न सोधिएको हो । जनताले प्रश्न सोध्नु पर्छ, प्रश्न सोध्नु पर्छ भन्नू हुन्थ्यो, एक स्वतन्त्र नागरिकका रुपमा कहिलेकाही सोध्न रहरै लाग्ने रहेछ ।
स्मरणीय : निर्देश सिलवालको फेसबुक बाट साभार सामग्री l फोटो सुमना श्रेष्ठको फेसबुकबाट l
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...
“म/ हामी अब तिमी जस्तै कुनै नवराजहरूले जातको नाममा फेरि मर्नु नपरोस् भनेर लड्नेछु।”