लाइन्स क्लब अफ पोखरा आदर्श चौतारीको कार्यसमिति गठन

पोखरा- लाइन्स क्लब अफ पोखरा आदर्श चौतारीको नयाँ कार्यसमिति गठन भएको छ l आज २०८२ वैशाख ६ गते पोखरा-१२ स्थिति कार्की डाडाको वनभोज स्थलमा ३२५ आइका गभर्नर विनोद ढुङ्गानाको प्रमुख आथिथ्यमा सम्पन्न कार्यकमको विशेष अथिति रास्वपाका केन्द्रीय सदस्य एवंम् सांसद शिव नेपाली हुनुहुन्थ्यो l
लायन्स क्लब अफ पोखरा आर्दश चौतारी लायन वर्ष २०२५/२६ का लागि लायन नारायण थापाको नेतृत्वमा तल उल्लिखित पदाधिकारीहरूको (चय ) निर्वाचन सम्पन्न भएको छ ।
प्रथम उपाध्यक्ष- ला. भगवान श्रेष्ठ, द्वितीय उपाध्यक्ष - ला. दीपकप्रसाद घिमिरे, सचिव - ला. दीपककुमार गुरुङ, सह-सचिव- ला. कोषाध्यक्ष - ला. शंकर कार्की, क्लब एडमिनिस्ट्रेटर- ला. दयाशंकर गौतम, डिस्ट्रक्ट गर्भनर- ला. विनोद ढुंगाना, डिस्ट्रक्ट फ़ॉस्ट लेडी- ला. बद्रिका ढुंगाना, क्लब सलाहकार एवं सासद शिव नेपाली, पूर्व डिस्ट्रक्ट गर्भनर- ला. राम बेसल, चीफ एडभाइजर- ला. शैलेंद्र मोहन भट्टाराई , को -चीफ एडभाइजर- ला.ऋषि गिरी, अमृत शोभा खत्री, संस्थापक अध्यक्ष एवं निर्वाचन संयोजक- बासुदेब कोइराला, रिजन चियर पर्सन -ला. ज्ञानबहादुर राना, जोन चियर पर्सन- ला. दामोदर आचार्य हुनुहुन्थ्यो l उपस्थित अथितिहरूले नव निर्वाचित पदाधिकारीहरूलाई बधाई एवम् शुभकामना प्रकट गर्नु भएको थियो ।
लायन्सक्लब अफ आदर्श चौतारी पोखरा ११ वर्ष अगाडि (सन् २०१५ सेप्टेम्बर १ मा )स्थापना भएको हो l स्थापना गर्दा प्रसिद्ध गायक कर्णदास सांस्कृतिक कार्यक्रम गरेर स्थापना गरिएको थियो l क्लबको स्थापना देखि ११ वर्षमा समाजसेवामा समर्पित भएर धेरै सामाजिक काम प्रत्यक्ष अप्रत्यक्ष रुपमा गरिएको स्मरण सांसद शिव नेपालीको रहेको छ l
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...