दलित समुदाय जीवन्त संग्रहालय भवन शिलान्यास सम्पन्न

काठमाडौँ:दक्षिणकाली नगरपालिका वडा नं. ५, ईखापोखरी टोलमा दलित समुदाय जीवन्त संग्रहालय भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
संग्रहालयको उद्देश्य पुर्खाद्वारा अर्जित परम्परागत सीप र कलालाई जीवन्त राख्नु, अध्ययन, अनुसन्धान तथा अवलोकन केन्द्र निर्माण गर्नु, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नु तथा दलित समुदायले भोग्दै आएको शोषण, दमन, र जातीय विभेदको ऐतिहासिक दस्तावेजीकरण गर्नु रहेको छ ।
ऐतिहासिक महत्वको संग्रहालय निर्माणका लागि दक्षिणकाली नगरपालिकाका नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष, वडा सदस्य, विभिन्न राजनीतिक दलका जनप्रतिनिधि, बागमती प्रदेश पर्यटन मन्त्रालय, स्थानीय सरकार, विभिन्न संघ–संस्था तथा टोलवासीहरूको महत्वपूर्ण योगदान रहेको छ । शिलान्यास समारोहमा विशेष अतिथिका रूपमा बागमती प्रदेशका पूर्व पर्यटन मन्त्री पुकार महजन,समाजिक अभियान्ता दिनेश परियार, र समाज सेवी दिलिपकुमार नेपाली उपस्थित थिए । आयोजक संस्थाले उहाँहरूलाई विशेष धन्यवाद ज्ञापन गरेको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष श्यामकुमार मङ्रगातीले भने, “आज यस ऐतिहासिक कार्यको शुभारम्भ भएको छ । अब यसलाई पूर्णता दिनु हाम्रो सबैको सामूहिक जिम्मेवारी हो। आउनुस्, हामी सबै मिलेर हातेमालो गरौँ र यो अभियानलाई सफल पारौँ ।” यस संग्रहालयले दलित समुदायको इतिहास, संघर्ष, र संस्कृतिलाई उजागर गर्ने लक्ष्य लिएको छ ।
स्थानीय सरकार तथा समुदायको सहकार्यमा संग्रहालयको निर्माण कार्य चाँडो सम्पन्न गरिने योजना रहेको छ ।
संग्रहालयलाई पूर्णता दिन साढे ४ करोड बजेट लाग्ने भएपनि सुरुवाती चरणमा बागमती प्रदेशले १० लाख र स्थानीय सरकारले ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिइएको छ l
इजलासले जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर गरेको छ । जातीय कारण घटना भएको हो भन्ने कुरालाई इन्...
दलित समुदायको उत्थान, समानता र सामाजिक न्यायका लागि यो सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त...
सुर्खेत वीरेन्द्रनगरमा राष्ट्रिय दलित गोलमेच सम्मेलनको कर्णाली प्रदेश स्तरीय अन्तरक्रिया तथा भेला का...