नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशन लुम्बिनीमा कांग्रेस सभापति देउवाद्वारा उदघाटन
लुम्बिनी,१७ चैत:नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशन लुम्बिनीमा सुरु भएको छ । उक्त अधिवेशनको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो l नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली लेखकहरू राष्ट्रको गौरव भएको उल्लेख गर्दै गौतम बुद्ध जन्मिएको भूमि लुम्बिनीमा यस्तो साहित्यिक महोत्सव आयोजना गर्नु आयोजकको उत्कृष्ट निर्णय भएको बताउनुभयो ।
अधिवेशनको अवसरमा नेपाली कांग्रेसका प्रवक्ता एवं विशिष्ट अतिथि प्रकाशशरण महतले हाल सामाजिक सञ्जालको प्रभावबारे चिन्ता व्यक्त गर्दै पहिलेको जमानामा मानिस पुस्तक खोजीखोजी पढ्ने संस्कार रहेको तर अहिले सामाजिक सञ्जालका कारण दृष्टिकोण सतही बन्दै गएको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा कवि तीर्थ श्रेष्ठ, सल्लाहकार डा तुलसी भट्टराई र डा ज्ञानु पाण्डे तथा साहित्यकार बनमाली निराकारले आ–आफ्नो धारणा राख्नुुभएको थियो ।
लेकक सङ्घको अधिवेशनमा नेतृत्व चयन पनि हुनेछ l उक्त प्रक्रियाका लागि नेतृत्व छनोटमा प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाङका अनुसार अध्यक्ष पदका लागि डा. रत्नमणि नेपाल र वियोगी बुढाथोकी प्रतिस्पर्धामा छन् । सहअध्यक्षमा डा शैलेन्द्रप्रकाश नेपाल, मनोज न्यौपाने र सन्ध्या पहाडीबीच प्रतिस्पर्धा हुनेछ । महासचिवका लागि प्रकाश बिमिल, नवीनचन्द्र घिमिरे र सोझो गाउँले चुनावी दौडमा छन् भने उपमहासचिवमा नारायण सापकोटा र सरस्वती तिमिल्सेनाको प्रतिष्पर्धा देखिएको छ l
निर्वाचन समितिका अनुसार अधिवेशन ३९ पदका लागि ४६ जनाले उम्मेदवारी दिनुभएको थियो । तीमध्ये ६ उपाध्यक्ष, एक कोषाध्यक्ष, चार सचिव र २४ सदस्य पदमा एकल उम्मेदवारी दर्ता भएका कारण उक्त पद स्वतः निर्विरोध चयन भएको छ । अधिवेशनमा देशभरका श्रष्टा, लेखक तथा साहित्यप्रेमीको उपस्थिति छ । दुई दिनसम्म चल्ने यस महोत्सवमा विभिन्न साहित्यिक सत्र, विचारगोष्ठी तथा नेतृत्व चयन प्रक्रिया सम्पन्न हुनेछन् । आयोजकले यस अधिवेशनले नेपाली साहित्यिक क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस निकट रहेको नेपाली लेखक सङ्घ कांग्रेससम्बद्ध लेखक र साहित्यकारहरूको सुभेच्छुक संस्था हो l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...