राष्ट्रिय दलित गोलमेच सम्मेलन २०८२ वैशाख २९ देखि ३१ सम्म काठमाडौंमा आयोजना गरिने

राष्ट्रिय दलित गोलमेच सम्मेलनको चौथो सचिवालय आयोजक समितिको बैठक सोमबार डा. निर्मल विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको छ l उक्त सचिवालयको बैठकले गणतन्त्र र धर्म निरेपेक्षताविरुद्ध हुने कुनै पनि प्रकारको अभियान वा आन्दोलन दलित समुदायका लागि अस्वीकार्य हुने निष्कर्ष निकालेको छ ।
बैठकले हाल राजावादीको नाममा सञ्चालित हिंसात्मक गतिविधि र अराजकताप्रति दलित समुदायको गम्भीर ध्यनाकर्षण भएको भन्दै यस्तो अराजकता, तोडफोड, लुटपाटले उनिहरूको चरित्र र नियत स्पष्ट पारेको बताएको छ l
बैठकले दक्षिण अफ्रिकामा गोरा शासकले काला समुदाय माथि इतिहासका विभिन्न कालखण्डमा गरेका दमन र अत्याचारका सन्दर्भमा त्यँहाका प्रथम राष्ट्रपति नेल्सन मण्डेलाले क्षमा दिनुस तर नबिर्सनुस भन्ने गरेको भनाइलाई आत्मासात गर्दै वर्णव्यवस्थामा आधारित राजतन्त्रले इतिहासका कालखण्डमा दलित समुदायमाथि गरेको अत्याचारलाइ दलित समुदायले कदापी बिर्सन नसक्ने उल्लेख गरेको छ । बैठकले निम्नलिखित प्रस्तावहरू समेत पारित गरेको छ l
(१) समीक्षा - गत बैठकहरूको निर्णयहरूको कार्यान्वयन र प्रगतिको समीक्षा गरिएको छ। देशैभरिबाट गुलमेच सम्मेलन को मुद्दा व्यापक र उत्साहजनक देखिनु साथै मुख्य दलितहरूको एकता सङ्घर्ष र रूपान्तरण को प्रमुख मुद्दा रहेको हुँदा यो ऐतिहासिक सम्मेलनमा सम्पूर्ण दलितहरूको सहभागिता हुने देखिएको छ। दलित समुदायभित्रका विभेद, सत्तामा पहुँचको अभाव, तथा आन्दोलनको एकताको आवश्यकतालाई पुनः प्राथमिकतामा राखिएको छ।
(२) प्रदेशस्तरीय भेला वा अन्तरक्रिया सुदूरपश्चिम (धनगढी), कर्णाली (सुर्खेत), लुम्बिनी (नेपालगञज) लगायत प्रदेशहरूमा अन्तरक्रिया भेलामा महत्वपूर्ण सहभागिता साथै प्रदेश स्तरीय समन्वय समिति गठन र सम्पन्न भएका छ्न ।
(३) सम्मेलनको मिति र स्थान २०८२ वैशाख २९ ,३०, ३१, मा काठमाडौंमा आयोजना गर्ने तय भएको छ ।
(४) आर्थिक व्यवस्थापन आम जन समुदाय सङ सहयोगको अपिल गर्ने र सबै आय-व्यय बैंक खातामार्फत पारदर्शी रूपमा व्यवस्थापन गर्ने निर्णय । - खाता संयोजक, राजेश मयाल अग्निशिखा, डा. निर्मल विश्वकर्मा। राजेश नेपाली, को संयुक्त हस्ताक्षरमा सञ्चालन गरिने ।
(५) प्रचार-प्रसार राष्ट्रिय दलित गोलमेच सम्मेलनलाई व्यापक रूपमा बनाउनलाई-मिडिया सोशल मिडियामार्फत प्रचार प्रशार गर्ने ।
(६) समावेशी मोर्चाहरूलाई अपिल - सबै दलित संगठन, दलित अभियान्ताहरु नागरिक समाज बुद्धिजीवी,र युवाहरूलाई बैठकले एकताबद्ध हुन आह्वान गरिएको छ ।
(७) विविध सम्बन्धमा राष्ट्रिय गोलमेच सम्मेलनको सचिवालयमा प्रवासबाट भीम मलाती, मधेस बाट डा. दिनेश चमार ओखलढुङ्गाबाट निर्मला परियार काठमाडौँबाट लक्ष्मी सेन्चुरी थपिएका छन् । भारतबाट सुनिल ओखेडा केही पछि थप्ने गरी । बाँके: कृष्ण रसाइली, शिव सुनार, दिलबहादुर नेपाली तनहुँ: जनार्दन वियोगी नेपाली लमजुङ: रामचन्द्र बयलकोटी आशिष चितवन: पूर्णबहादुर विश्वकर्मालगायत महत्वपूर्ण नेताहरूलाई मूल आयोजक कमिटीमा थपिएका छन् । साथै बागमती प्रदेश, मधेस प्रदेश र अन्य प्रदेशहरूमा गर्न बाँकी भेला तथा अन्तरक्रिया गर्ने र युवा, महिला, विभिन्न संघसंस्था र सरोकारवालाहरूसँग चरणबद्ध छलफल गर्ने निर्णय भएको छ यी निर्णयहरूले सम्मेलनलाई ऐतिहासिक रूपमा सफल बनाउने अपेक्षा गरिएको छ l
बैठकमा डा निर्मल विश्वकर्मा, डा मित्र परियार, राजेश मयाल (अग्निशिखा) तारासिँह विश्वकर्मा, राजेश नेपाली, प्रकाश टमटा ( प्रतिकार), निर्मला परियार, लक्ष्मी सेन्चुरीलगायतको उपस्थिति रहेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...