समाजवादी मोर्चाको विरोध सभा:जुलुस निकाल्ने रुट र नेतृत्व गर्ने दलहरू
१४ चैत, काठमाडौं: समाजवादी मोर्चाले भोलि शुक्रबार गर्ने जनप्रदर्शन भृकुटीमण्डपमा आयोजना हुँदैछ l उक्त प्रदर्शन ( विरोध सभा ) भृकुटीमण्डपमा भेला हुनु अघि राजधानी काठमाडौँका विभिन्न स्थानबाट जुलुस प्रदर्शन गर्दै भृकुटीमण्डपमा भेला हुनेछन् l
करिब डेढ लाख मानिस उतार्ने तयारी गरेको समाजवादी मोर्चाले विरोध प्रदर्शनलाई व्यवस्थित बनाउन रुटहरू तय गरेर कार्यक्रम तालिका सार्वजनिक गरेको छ l
भोलि नै राजावादीहरूको पनि शक्ति प्रदर्शन र सभा भएकोले सुरक्षा संवेदनशीलातालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाएइको सुरक्षा निकायले जानकारी दिएको छ l
गणतन्त्र पक्षधर सबै दललाई प्रदर्शनमा सहभागी हुन समाजवादी मोर्चाले आव्हान गरेको छ l
समाजवादी मोर्चाका अनुसार विरोध जुलुस बिहान ११ बजे सुरु हुनेछ ।
कोटेश्वर हुँदै (पूर्वबाट आउनेहरू) बबरमहल, ललितपुर हुँदै (दक्षिणबाट आउनेहरू) कुपण्डोल, कलंकी हुँदै (पश्चिमबाट आउनेहरू) त्रिपूरेश्वर र बालाजु हुँदै (उत्तरपश्चिमबाट आउनेहरू) सोह्रखुट्टेमा भेला हुने जुलुसको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने छ ।
यसैगरी मैतीदेव, डिल्लीबजार चोक र शान्तिबाटिकाबाट निस्कने जुलुसको नेतृत्व एकीकृत समाजवादीले गर्नेछ भने नेपाल कम्युनिस्ट पार्टीले सुन्धारा र नेपाल समाजवादी पार्टीले न्यूरोड गेटबाट निस्कने जुलुसको नेतृत्व गर्नेछ ।
जुलुस प्रदर्शनको निर्धारित रुटहरू यसप्रकार रहेका छन् :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...