समाजवादी मोर्चाको विरोध सभा:जुलुस निकाल्ने रुट र नेतृत्व गर्ने दलहरू

१४ चैत, काठमाडौं: समाजवादी मोर्चाले भोलि शुक्रबार गर्ने जनप्रदर्शन भृकुटीमण्डपमा आयोजना हुँदैछ l उक्त प्रदर्शन ( विरोध सभा ) भृकुटीमण्डपमा भेला हुनु अघि राजधानी काठमाडौँका विभिन्न स्थानबाट जुलुस प्रदर्शन गर्दै भृकुटीमण्डपमा भेला हुनेछन् l
करिब डेढ लाख मानिस उतार्ने तयारी गरेको समाजवादी मोर्चाले विरोध प्रदर्शनलाई व्यवस्थित बनाउन रुटहरू तय गरेर कार्यक्रम तालिका सार्वजनिक गरेको छ l
भोलि नै राजावादीहरूको पनि शक्ति प्रदर्शन र सभा भएकोले सुरक्षा संवेदनशीलातालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाएइको सुरक्षा निकायले जानकारी दिएको छ l
गणतन्त्र पक्षधर सबै दललाई प्रदर्शनमा सहभागी हुन समाजवादी मोर्चाले आव्हान गरेको छ l
समाजवादी मोर्चाका अनुसार विरोध जुलुस बिहान ११ बजे सुरु हुनेछ ।
कोटेश्वर हुँदै (पूर्वबाट आउनेहरू) बबरमहल, ललितपुर हुँदै (दक्षिणबाट आउनेहरू) कुपण्डोल, कलंकी हुँदै (पश्चिमबाट आउनेहरू) त्रिपूरेश्वर र बालाजु हुँदै (उत्तरपश्चिमबाट आउनेहरू) सोह्रखुट्टेमा भेला हुने जुलुसको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने छ ।
यसैगरी मैतीदेव, डिल्लीबजार चोक र शान्तिबाटिकाबाट निस्कने जुलुसको नेतृत्व एकीकृत समाजवादीले गर्नेछ भने नेपाल कम्युनिस्ट पार्टीले सुन्धारा र नेपाल समाजवादी पार्टीले न्यूरोड गेटबाट निस्कने जुलुसको नेतृत्व गर्नेछ ।
जुलुस प्रदर्शनको निर्धारित रुटहरू यसप्रकार रहेका छन् :
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...