आजको आन्दोलन र प्रदर्शनको कारण एसईई दिने विद्यार्थीले सवारी साधन नपाए काठमाडौँ महानगर प्रहरीले गन्तव्यमा पुर्याइदिने

काठमाडौँ-समाजवादी मोर्चा र राजावादीहरूले प्रदर्शनको तयारी गरेपछि काठमाडौँ उपत्यकामा सवारी साधन न्युन मात्रामा गुडेका छन् ।जसको कारण प्रत्यक्ष मारमा एसईई परीक्षा दिने विद्यार्थी परेका छन् ।यसै विषयलाई मध्यनगर गर्दै काठमाडौँ महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुर्याउने भएको छ l
आज एक सूचना जारी गर्दै प्रहरी बलले गन्तव्यमा पुग्न समस्या भए सम्पर्क गर्न आग्रह गरेर सूचना र सम्पर्क व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ l
सम्पर्क व्यक्ति, स्थान र मोबाइल नम्बर
बानेश्वर क्षेत्रमा रहेका विद्यार्थीले दिनेश कुमार अर्याल (९८५१०६८०९६), रत्नपार्क क्षेत्रका विद्यार्थीलाई मनोज प्रसाद लामिछाने (९८५१०९३१७६) नयाँ बसपार्क क्षेत्रका विद्यार्थीले पूर्णचन्द्र भट्ट (९८५१२३३६३३) र टेकु क्षेत्रका विद्यार्थीले प्रकाश पण्डित (९८५१०५६३४६) लाई सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ ।
हटलाईन ०१५९०१७६४ र ९८५१३५६५०९ मा पनि सम्पर्क गरेर बस सेवा लिन सक्ने महानगर प्रहरी बलले जानकारी दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...