ग्रामर गुरुका नामले प्रसिद्ध चूडामणि गौतमको निधन

काठमाडौँ- फोक्सोमा पानी जमेर उनी दुई साता अघिदेखि मेडासिटी अस्पतालमा उपचारत चूडामणि गौतमको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको हो ।फोक्सोमा पानी जमेर उनी दुई साता अघिदेखि मेडासिटी अस्पतालमा उपचाररत थिए ।
गौतमले लेखेको अङ्ग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो ।तेह्रथुमको खाम्लालुङमा जन्मिएका गौतम ग्रामर गुरुका नामले नेपाली शिक्षा क्षेत्रमा प्रसिद्ध थिए l
गौतमले १४ सय पृष्ठको गौतम एडभान्स लर्नर्स डिक्सनरी, नेपाली–इङ्ग्लिस डिक्सनरी, राम्रो अङ्ग्रेजी बोलचाल अभ्यास, गौतम व्यावहारिक नेपाली शब्दकोश, विवादित वर्णविन्यासको नेपाली शब्दकोश, नेपाली शब्दको दुर्दशा, फूलको माला क्या मज्जा, नेपाली शुद्धाशुद्धि ज्ञान, नेपाली व्याकरण तथा रचना, विद्यालयको नेपाली शब्दकोश लगायतका भाषा सम्बन्धी पुस्तक लेखेका छन् ।
गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ प्रकाशमा ल्याएका थिए l
अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएर भाषा सेवामा लागेका चुडामणि गौतमले पछिल्लो समय नेपाली भाषामा पनि उलेख्य योगदान गरेका छन् l
स्मरणीय : फोटो सामाजिक संजालबाट साभार l
आर्थिक वर्ष २०८१÷८२ को प्रगति समीक्षा कार्यक्रममा उत्कृष्ट ती स्थानीय तहलाई सम्मान गरिएको हो ।
पालिकाले वातावरण तथा पूर्वाधार, तालिम उपलब्ध, कलासंस्कृति संरक्षणलगायत क्षेत्रमा समुदायलाई आवश्यक सह...
शरीरमा १६ ओटा टाँका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य प...