पशुपति क्षेत्रको आज गरिएको ट्राफिक व्यवस्थापन
काठमाडौं फाल्गुन १४-आज महाशिवरात्रि पशुपतिमा आउने जाने भक्तजनहरूको भिड हुने विशेष दिन त्यसैले आज पशुपति जाने श्रद्धालु भक्तजन र अन्य यात्रुहरूको सुविधाको लागि ट्राफिक व्यवस्थापन फरक ढङ्गले गरिएको छ l
महाशिवरात्रि पर्वका अवसरमा पशुपत क्षेत्रमा भक्तजनहरूको भिड बढेकाले त्यस क्षेत्रमा सवारी निषेध गरिएको छ ।तीनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरूलाई त्यतातिर सञ्चालनमा रोक लगाइएको छ ।
दर्शनार्थीहरूकै भिडभाडका कारण तिलगंगा, चावहिल, मित्रपार्क, पुरानोबानेश्वर र रातोपुलमा सवारी साधन केही क्युमा चलिरहेका छन् । क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
सवारी साधन लिएर दर्शन गर्न मन्दिर जाने दर्शनार्थीहरूको सुविधालाई मध्यनजर गरी विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।
बनकाली, भन्डारखाल, तिलगंगा आँखा अस्पताल अगाडी, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा पार्किङको व्यवस्था मिलाइएको हो । बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने दर्शनार्थीको सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।
त्यस्तै दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरुको लागि बनकाली क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ ।त्यसैगरी पशुपती क्षेत्र विकाश कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी बृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरुलाई पार्किङ व्यवस्था मिलाएको छ ।
तोकिएको स्थानमा मात्रै सवारी साधन पार्किङ गरी ट्राफिक व्यवस्थापनमा सहयोग गर्नुहुन सम्बन्धित सबैमा ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।
यसरी व्यवस्था गरिएको ट्राफिक व्यवस्थापन बुझेर यात्रा गर्न सम्बन्धित भक्तजन र यात्रुजनामा आव्हान गरिन्छ l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...