आमूल परिवर्तन नागरिक पार्टीकाे केन्द्रीय कार्यालय काठमाण्डाैमा उद्घाटन

काठमाडौँ- आमूल परिवर्तन नागरिक पार्टीकाे केन्द्रीय कार्यालय काठमाण्डाै स्थित बिजुलीबजारमा यही पुस २५ गते उद्घाटन गरिएकाे छ । उद्घाटन कार्यक्रमलाई शुभकामना दिँदै वक्ताहरूले राष्ट्र ,राष्ट्रियताकाे रक्षा र आमूल परिवर्तन गर्न ईश्वरकाे भय मान्ने अध्यात्मवादी तथा धार्मिक नेतृत्वले मात्र गर्न सक्ने दावी गरेका छन् ।
काठमाण्डाै स्थित बिजुलीबजारमा सम्पन्न पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै साे पार्टीका अध्यक्ष दलमर्दन कामीले भन्नुभयाे "हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको दशक पूरा गरिसकेका छौं । यो अवधिमा धर्मनिरपेक्षतासहितको संविधानको अभ्यास गरिरहेका छाैं तर अझै पनि आम नागरिक न्याय समानता पहिचान अधिकार राष्ट्र,राष्ट्रियता धार्मिक स्वतन्त्रता लगायतका विषयमा थुप्रै चुनौतीहरू दिनानुदिन बढिरहेकाछन् । देशमा उत्पीडित जाति/समूदाय दलित बनाईएका शिल्पी समुदाय अहिले पनि जातीय धार्मिक विभेदका कारण अमानवीय क्रूरता सहेर बाच्न बाध्य छन् l
इशाई समुदायका अगुवाहरूले भोगेको दुःख, चर्चहरूमा तोडफोड, पाष्टर र प्रचारकहरूमाथि आक्रमण, बाइबल जलाउने कार्यजस्ता घटनाहरू अत्यन्त दुःखद छन् । याे मुलुकका मुस्लिम , बुद्धिष्ट, किराँत,सिख जैन लगायतका धार्मिक अल्पसंख्यकहरू अझै पनि धार्मिक स्वतन्त्रता बाट बन्चित छ्न् । विश्वकै उत्कृष्ट संविधान भनेर केही नेताहरूले आफूअनुकूल बनाएकाे २०७२ काे संविधानमा यतिबेला संसोधनकाे बहस उठिरहेकाे छ । सर्वाेपरि हितका निम्ति संविधान संशोधन वा पुनरलेखन जरुरी छ ।
संविधान संशोधन गरेर सबै जनताको अधिकारका निम्ति पुर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राज्यको सबै निकायमा जनसंख्याको आधारमा लोकसेवा तथा निजामती कर्मचारी नियुक्त भर्ना गर्ने प्रणालीकाे ब्यवस्था गर्न आवश्यक छ । राष्ट्र र राष्ट्रियताकाे रक्षाका लागि जिम्मेवार, धार्मिक र ईश्वरभक्त नेतृत्वको आवश्यकता अपरिहार्य रहेकाे छ । ईसाई समुदायले नेपालमा गरेका योगदानलाई विशेष रूपमा स्मरण गर्दै उहाँले भन्नू भयाे ईसाई धर्मावलम्बीहरूले इतिहासमा राष्ट्रको संरचना, शिक्षा, समाज सुधार, र राष्ट्रियताको सुदृढीकरणमा खेलेको भूमिका महत्त्वपूरण रहेकाे छ । “यदि ब्रिटिशहरू जाे ईसाई थिए त्यीनीहरुले भारतमा शासन नगरेका भए, सतीप्रथा जस्तो अमानवीय र अन्यायपूर्ण प्रथा आज पनि कायम रहन्थ्यो। ब्रिटिश-ईसाईहरुकाे शासनले मात्र भारतमा यो प्रथाको अन्त्य गर्न सकेको थियो, जसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको र साे प्रथाकाे अन्त्य गरेकाे थियाे । १८५० को दशकमा जंगबहादुर राणाको बेलायत भ्रमणको महत्त्वलाई पनि औंल्याउँदै । उहाँले भन्नू भयाे , “जंगबहादुरले बेलायतको शिक्षा प्रणालीबाट प्रेरित भएर नेपालमा विद्यालयको स्थापनाका लागि पहल गरेका थिए।
यो नेपालमा आधुनिक शिक्षाको सुरुवात थियो। यस अभियानलाई ईसाई मिशनरीहरूले व्यापक रूपमा अगाडि बढाए। सेण्ट जेभियर्स र अन्य शिक्षण संस्थाहरूले नेपालमा शिक्षाको स्तर उकास्न महत्त्वपूर्ण योगदान गरेका छन्।" स्वागत मन्तब्य तथा कार्यक्रमको औचित्य बारे प्रुष्टि गर्ने क्रममा भरत गिरीले पार्टीको नेताहरु साथै यो देशको नेतृत्व गर्ने व्यक्तिहरू सबै इमान्दार हुनुपर्छ त्यसैले एक पटक मौका दिनुहोस् आफूहरु यो देश परिवर्तन गर्न सक्षम छौं भन्ने प्रमाणित गर्नेछौं भन्ने उद्घाेष गर्दै सबैलाई स्वागत गर्नु भएको थियो।
डा. सुबास सुब्बाले प्रार्थना गरेपछि उहाँकाे साथमा डा.केबी रोकाया,उद्धव चिमाैरिया,प्रा.डा. युवराज सुब्बा, डा.जोमेस वड लगायत पार्टीका नेताले रिबन काटेर उद्घाटन गरिएकाे थियाे साथै डा.केबी रोकायले कार्यालय भित्र समेत प्रार्थना गरि उद्घाटन गर्नु भएको थियाे ।
कार्यक्रममा पहिचानवादी नेता आङ्काजी शेर्पा,खस आन्दोलनका अभियन्ता तथा मष्टाे धर्मका अध्यक्ष थर्कबहादुर बस्नेत,ख्रिष्टियन मण्डली महासंघका अध्यक्ष आरपी न्यौपाने,संयुक्त राष्ट्रिय सुकुम्बासी माेर्चाका महासचिव दीपक जंग कुवँर,लेखक/स्तम्भकार मेखराज उदय, पूर्वराजदूत डा. निर्मल विश्वकर्मा,पहिचानवादी माेर्चाका नेता खगेन्द्र माखिम, बाैद्धिक व्यक्तित्व डा. भव घले, पार्टीका वरिष्ठ नेता कमला हेमचुरी, पार्टी सल्लाहाकार सुबास सुब्बा लगायतले शुभकामना व्यक्त गर्दै मन्तब्य राखेका थिए ।
पार्टीका अध्यक्ष दलमर्दन कामीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख नरेश क्षितिजले संचालन गरेका थिए ।
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...