दलित मुक्ति संगठन (नेकपा समाजवादी)को अध्यक्षमा रामऔतार पासवान छनोट

काठमाडौं- नेपाल दलित मुक्ति संगठनले केन्द्रीय अध्यक्षमा ( (एकीकृत समाजवादी) को तर्फबाट रामऔतार पासवानलाई छनोट गरेको छ । संगठनले स्थायी कमिटी बैठकले बरिष्ठ उपाध्यक्ष तथा दलित आन्दोलनको अगुवा नेता तथा संविधान सभा सदस्य पासवानलाई छनोट गरेको हो । यसअघि उनी मुक्ति संगठनको वरिष्ठ उपाध्यक्षको रूपमा कार्यरत थिए l
पार्टी नेकपा (एकीकृत समाजवादी) को विधानअनुसार पार्टी पदाधिकारी र जनसंगठनको पदाधिकारी एउटै व्यक्ति हुन नमिल्ने व्यवस्था अनुसार संगठनको अध्यक्षबाट गणेश विश्वकर्माले राजीनामा दिएपछि बसेको स्थायी कमिटीको बैठकले पासवानलाई अध्यक्षमा छनोट गरेको हो l
सो बैठकले उपाध्यक्ष तथा कोशी प्रदेशको इन्चार्जमा नेत्र नेपाली (ताप्लेजुङ), उपमहासचिवमा नन्द घतानी (दोलखा) र प्रदीप सोव (कैलाली) तथा सचिवहरूमा क्रमशः प्रेम विश्वकर्मा (दैलेख), निमबहादुर नेपाली (सल्यान) र दुर्गा नेपाली (तनहुँ), केन्द्रीय कोषाध्यक्षमा द्धारिका शंकर (काठमाडौं) र केन्द्रीय कमिटी सदस्यमा सुव्वासाहेव पासवान (रौतहट) लाई मनोेनयन गरेको छ ।
सो बैठकले आगामी २०८२ जेठ २१, २२ र २३ गतेसम्म काठमाडौंमा छैठौं राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख गोपाल बराइलीले जानकारी दिए ।
यसैबीच संगठनले राष्ट्रिय सम्मेलन सफल गराउन २०८१ माघ १ गतेदेखि २०८२ बैशाख मसान्तसम्म ४ महिने ‘संगठन पुनगर्ठन तथा दलित पुनर्जागरण अभियान’ संचालन गर्ने भएको छ ।
एकीकृत समाजवादीको नेपाल दलित मुक्ति संगठन एक सशक्त सङ्गठन हो l
बादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्री गर्ने हो l
सीमान्तकृत वर्गअन्तर्गत बोटेमाझीका २० घरलाई प्रतिपरिवार रु ५० हजार र सत्यवतीमा दलित समुदायका २२ परिव...
मलाई विभेद गर्दा सुन्ने स्टाफले अहिले पनि हामीले सुनेनौँ भन्नुहुन्छ । विभेदको पीडा भोग्नेलाई मात्र थ...