रवि लामिछानेविरुद्धको मुद्दा कास्की जिल्ला अदालतमा पेश

काठमाडौं, पुष ७- सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ । साढे चार सय पेज लामो आरोपत्र र त्यससँग सम्बन्धित प्रमाण अदालमा पेश गरिएको जानकारी प्राप्त भएको र जिल्ला अदालतमा त्यसलाई रुजु गर्ने काम भइरहेको जनाइएको छ l
जिल्ला अदालत कास्कीका निमित्त श्रेष्तेदारले अभियोग पत्र पेश भइसकेको र अध्ययन गर्ने क्रम चलिरहेको जानकारी दिएका छन् ।
सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ती शुद्धीकरणमा मुद्दा दर्ता गर्ने तयारी छ । उनलाई आज बिहान जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा रविसहित जीवी राईलगायतलाई करिब एक अर्ब विगो मागदावी गर्नुपर्ने राय छ । सोही आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईसहित १९ जनाविरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो ।
रविलाई रुपन्देहीको, बुटवल, चितवन, काठमाडौं र वीरगञ्जमा लगेर पनि बयान गराइएको थियो ।लामीछाने गत कार्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए l
स्मरणीय : फाइल फोटो प्रयोग गरिएको छ l सम्पादक
पालिकाले वातावरण तथा पूर्वाधार, तालिम उपलब्ध, कलासंस्कृति संरक्षणलगायत क्षेत्रमा समुदायलाई आवश्यक सह...
शरीरमा १६ ओटा टाँका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य प...
सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो ।