शक्ति समूहकी संस्थापक,अभियन्ता सुनिता दनुवार मृत फेला

काठमाडौं, पुष ८ -अमेरिकी पुरस्कार ईन पर्सन रिपोर्टर्स अवार्डद्धारासम्मानित मानव बेचबिखनबिरुद्धको अभियान शक्ति समूह्की, अभियन्ता सुनिता दनुवारको निधन भएको छ । आज बिहान उनी जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा मृत फेला परेको जानकारी प्राप्त भएको छ l
उनका श्रीमान बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए । त्यसपछि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण भने बाहिर आउन बाँकी छ ।
सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी संस्थापक अध्यक्ष हुन् ।उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...