कास्टवाच नेटवर्कको प्रथम वार्षिक उत्सव सम्पन्न

काठमाडौँ, पुष ७- यही पुष ६ गते शुक्रबार डिल्लीबजार स्थिति भोजन गृहमा कास्टवाच नेटवर्कको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ l कास्टवाच नेटवर्कका केन्द्रीय अध्यक्ष डा. मित्र परियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राजपरिषद्का पूर्व सदस्य उत्तम परियार थिए l
चेतन विकको उद्घोषणमा संचालित कार्यक्रममा सुन्दरकुमार रसाइलीले स्वागत मन्तव्य राखेका थिए l सामाजिक न्याय पुरस्कारको घोषणा बारेको विज्ञाप्ति कास्ट वाच नेटवर्ककी केन्द्रीय सदस्यले वाचन गरेकी थिइन् l आगामी २०८२ देखि सामाजिक न्याय पुरस्कार प्रदान गरिने र सो पुरस्कार राशी ५० हजारको हुने र दलित गैर दलित जोसुकैले पाउन सक्ने र स्वतन्त्र प्यानलले उक्त पुरस्कार छनोट गर्ने जानकारी पो सो अवसरमा गराइएको थियो l
कास्टवाच नेटवर्कलाई विभिन्न तवरले सहयोग गर्ने महानुभावहरू थोमस बोगटी, भरत बस्नेत, रमेश विश्वकर्मा,मदन एस, के.रमेश बस्नेत, धनबहादुर परियार, तेजु भुजेल, महाकुलुङ टिभी सञ्जीव कार्की लगायतलाई सम्मान गरिएको थियो l
सभामा कास्टवाच नेटवर्कका महासचिव मणिराम भुल, नेटवर्कका उपत्यका इन्चार्ज जनक परियार र अतिथिहरू राष्ट्रिय सभाका सांसद प्रदीप परियार, संविधान सभाका सदस्य परशुराम रम्तेल, पूर्व राजदुत डा. निर्मल विश्वकर्मा, अभियन्ता अग्नि शिखाआदिले शुभकामना मन्तव्यसहित दलित आन्दोलनका विविध आयामबारे प्रकाश पारेका थिए l
दलित सङ्घ गैरसरकारी सङ्घ सङ्गठन जस्तो मात्र भएको र यसले एकीकृत तागत निर्माण गर्न नसकेको कुरा राष्ट्रिय सभा सांसद परियारको गुनासो थियो l
कुनै पनि राजनीतिक पार्टी बिना दलितको मुद्दा सम्बोधन हुने गरी सत्तासँग सौदावाजी गर्न सकिन्न तसर्थ दलित मुक्तिको सबालमा पार्टी मार्फत नै काम भएको छ र अझै पनि पार्टी मार्फत नै काम गर्न सकिन्छ l अभियान दबाब दिन भने जसले जहाँ बाट गरे पनि फरक पर्दैन तर निर्णायक शक्ति भनेको बहुदलीय व्यवस्थामा पार्टी नै हो, दलितका विषय र मुद्दालाई साझा फोरम मार्फत् बलियो र एकीकृत रूपमा लैजान सकिन्छ संविधान सभा सदस्य रम्तेलको दाबी थियो l
पूर्व राजदूत निर्मल विश्वकर्मा आफ्नो शक्ति निर्माण गरेर अन्ततः राजनीतिक पार्टी मै पुग्नु पर्ने कुरामा जोड दिइरहेका थिए l
नेल्सन मण्डेला र अब्राहम लिंकनको जस्तो अभियान स्वरूप र सङ्घर्षको रूपमा कास्टवाच नेटवर्कको अभियानलाई आफूले लिएको ८७ वर्षीय उत्तम परियारको विचार थियो l दलित मुक्तिको लागि आफू सिंहदरबार अगाडि गएर गोली थाप्न पनि तयार रहेको छु तपाईहरू साथ दिनुस् म अघि लाग्छु परियार जोशका साथ बलिदान दिन तयार रहेको विचार प्रकट गर्दै थिए l
कास्टवाच नेटवर्कका केन्दीय संयोजक तथा कार्यक्रमका सभापति डा. मित्र परियारले आफ्नो सङ्गठनको नीति कार्यक्रम, नेतृत्व, अवस्था योजना र एक वर्ष भित्र गरेका कार्यहरूको विवरण प्रस्तुत गरेका थिए l दलित समुदाय र विषयको मुद्दा जहाँ र जस्तो अवस्थामा पनि आफूले उठाउने र दलित मुक्तिको लागि धर्म संस्कारको सुधारदेखि राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक र बौद्धिक सबै आयाममा काम गर्दै जाने योजना कास्टवाच नेटवर्कको रहेको कुरा डा. परियारले राखेका थिए l
कार्यक्रममा दिपेश रत्न, नरेन्द्र पासवान, रमेश बस्नेत आदिले पनि मन्तव्य राखेका थिए l गायिक प्रिया सेन्चुरीले गीत गायर कार्यक्रमलाई सांगीतिक माहोल समेत प्रदान गरेकी थिइन् l कास्टवाच नेटवर्क विधिवत रूपमा २०८१ पौष ७ गते १ वर्ष पूरा गर्दैछ l
कास्टवाच नेटवर्कका सदस्य वसन्त परियारलाई वैदेशिक यात्राको शुभकामना सहित बिदाइ कार्यक्रम पनि सोही अवसरमा गरिएको थियो l
इजलासले जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर गरेको छ । जातीय कारण घटना भएको हो भन्ने कुरालाई इन्...
दलित समुदायको उत्थान, समानता र सामाजिक न्यायका लागि यो सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त...
दलित समुदायले भोग्दै आएको शोषण, दमन, र जातीय विभेदको ऐतिहासिक दस्तावेजीकरण गर्नु रहेको छ ।