हामी खसहरू कति घामट छौं हँ ?- चन्द्रप्रकाश बानिया
शोषणबाट मुक्त हुनका लागि शोषणलाई शोषण हो भनेर बुझ्नुपर्छ, त्यसबाट मुक्त हुन कोसिस गर्नुपर्छ । आवश्यक परे विद्रोह गर्नुपर्छ ।
एउटा उदाहरण हेरौं खस जातिको !!?
नेपालका खसहरू मधेसी, थारु, मुस्लिम, जनजाति र दलितभन्दा बढी अन्यायमा छन् । देशमै सबभन्दा बढी गरिबको संख्या रहेको जाति त हुँदै हो, जातीय अधिकारबाट समेत वञ्चित रहेको एउटा मात्र जाति हो ।
नेपालको संविधान २०७२ ले देशमा विद्यमान सबै जाति जनजातिहरूलाई समावेशी सहभागिताको अवसर दिएको छ । तर खसहरू त्यो संवैधानिक अधिकारबाट वञ्चित छन् ।
दलित, थारु, मुस्लिम, जनजाति, मधेसीहरूले आफ्नो आवादी प्रतिशतको आधारमा निजामती सेवा, पुलिस, सेना र राजनीतिमा समेत समानुपातिक समावेशी कोटा प्राप्त गर्छन् ।
यद्यपि खसहरूले आँकडामा आफ्नो जाति प्रतिशत बराबरको सहभागिता हासिल गरेको छ भनिन्छ । तर त्यो स्वतन्त्र(खुला) प्रतियोगियाबाट प्राप्त भएको संख्या मात्र हो ।
जहाँसम्म समानुपातिक आरक्षणबाट प्राप्त हुने कोटा हो त्यसका निमित्त बाहुन वर्गको निगाह प्राप्त गर्नुपर्दछ । अर्थात समानुपातिक कोटाको लागि बाहुनको मुखापेक्षी रहनुपर्छ ।
किनकी संविधानले खसलाई अलग जातिको मान्यता दिदैन । संविधानत: खस आर्यको भागमा परेको कोटा एक्लै बाहुन, ठकुरी, खस वा दशनामीको भागमा पर्यो भने बाँकी अन्य तिनै थरी बोल्ने अधिकार छैन ।
स्वभावत: व्यवहारमा त्यसरी खस आर्यको भागमा पर्न आउने समानुपातिक सहभागिताको आरक्षण कोटा बाहुनको भागमा हालिने र निगाहबाट एकादुई अरु (ठकुरी, दशनामी र खस) ले पाउने गरेको देखिन्छ ।
एउटा बिर्सन नहुने कुरा के हो भने भण्डारेले अर्थात डाडुपन्यौं हातमा हुनेले आफ्नो भागमा बढी राख्ने मनोविज्ञान आम रहन्छ नै ।
आरक्षण अधिकार हो । निगाह होइन । साँचै आरक्षण कोटा वितरणमा अन्याय वा पंक्तिभेद गरिएको छैन भनेपनि वर्तमान व्यवस्थाले खसलाई न्याय गर्दैन ।
खस अलग जाति हो । आवादीका हिसाबले पनि ठूलै समुदाय हो । दामासाहीमा थोरै किन नपरोस्, संवैधानिक अधिकार स्थापित हुनुपर्छ । कानुनत: खस जातिको नाममा कोटा छुट्टिनु पर्छ । सिङ्गो जाति दान वा निगाह अथवा कृपाकाँक्षी बन्नुपर्ने अवस्था कदापि न्यायोचित होइन ।
त्यस अर्थमा नेपालका खसहरू दलित, मधेसी, जनजाति, थारु र मुस्लिम समुदायभन्दा पनि पछाडि पारिएका छन्, अन्यायमा पारिएका छन् ।
न्यायको निमित्त कुरो उठाउँदा मिलेको समाज भाँड्ने भनेर जर्किने खसहरूको बौद्धिक दरिद्रताप्रति टिठ्याउनुभन्दा बढी के गर्न सकिन्छ र ? अलिकता चेत हुने खसहरूले आफ्नो जातिप्रति गौरव गर्न सकिँदैन भने पनि संवैधानिक र कानुनी अधिकार स्थापनातिर सोच्नु ढिलो भैसकेन र ?
मधेसी, थारु, मुस्लिम, जनजाति, दलितहरुले अलग आरक्षण प्राप्त गर्दा समाज नभाँडिने ! खस, ठकुरी र दशनामीहरुले न्यायोचित भाग खोज्दा समाज भाँडिने स्यालहुइयाँ कसले किन चलाएको छ भनेर बुझ्न खसहरूलाई अझ कति दशक लाग्ने होला खोइ ?
स्मरणीय : akabarey.com साझा फोरम हो यो फोरमबाट जसले पनि आफ्नो विचार सभ्य, शिष्ट र मर्यादित रूपमा राख्न पाउँछ l यस्ता विचार व्यक्तिका नितान्त निजी विचार हुन् l पत्रकारिताको मर्म भित्र पर्ने कुरा विचार अभिव्यक्तिको मर्यादित स्तवन्त्रता मात्र हो l विचारमा व्यक्त भाव लेखकका निजी हुन् l - सम्पादक
'अहिले नभेटिए पनि पछि भेटिएपछि हत्या गरिन्छ, उहाँ पनि हिट लिस्टमै हुनुहुन्छ'भन्ने हल्ला उहाँको गाउँ...
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...