काठमाडौँ : नेपाल आईडल सिजन -५ का विजेता करण परियारको अभिनय र गायनमा रहेको पहिलो म्यूजिक भिडियो उनकै यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।
करण परियारले गायनकासाथै पहिलो पटक अभिनय गरेको म्यूजिक भिडियो अमेरिकामा रहेका करणका शुभचिन्तकहरूले प्रायोजन गरेका हुन् l
प्रसिद्ध संगीतकार संगीतरत्न संगीतकार शम्भूजित बास्कोटाको सुमधुर सङ्गीत रहेको छ । गीत रचना सामाजिक अभियन्ता, लेखक ,पत्रकार, कृषि उद्धमी प्रदीप परियार थापाको “तिम्रै आँखाबाट संसार हेर्ने मन छ” रहेको छ l करण परियार र जारा रीत प्रसाईको युगल स्वरमा सजिएको गीत उत्कृष्ट रहेको सर्जकहरूको दाबी छ l
म्यूजिक भिडियोमा गायक करणकासाथ चर्चित कलाकार मोडल, नायिका सुजल बम र गायिका, मोडल एवं अन्तराष्ट्रिय स्वर्ण पदक विजेता तेक्वाण्डो खेलाडी नन्दा बस्यालको अभिनय रहेकोछ । म्यूजिक भिडियोको निर्देशन चर्चित कोरियोग्राफ़र मौसम हिमालीले गरेका छन् ।
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
गीता ज्ञानको महत्व र गरिमालाई जुन रूपमा समाजमा स्थापित गर्नुपर्ने हो सो रूपमा गर्न सकिएको छैन l
आज माघ १८ गते संसदको हिउँदे अधिवेशन सुरू भएको छ ,आज संसदमा अध्यादेश पेश गरिने कुरा आएको छ l