राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय भेला आजदेखि सुरू
काठमाडौं, असोज १ - राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय भेला आजदेखि सुरू हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भेला भोलि बुधबार असोज २ सम्म चल्नेछ । भेलाको उदघाटन आज बिहान ९ बजे उपस्थित सबै प्रतिनिधिहरूले घण्टी बजाएर गरेका छन् l सामुहिक उदघाटनको लागि घण्टी लिएर आउन प्रतिनिधिहरूलाई रास्वपाले आग्रह गरेको थियो l सोही बमोजिम आफूले ल्याएको घण्टी बजाएर राष्ट्रिय भेलाको उदघाटन गरिएको छ l
भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, विधान संशोधनलगायतका एजेन्डामा छलफल हुने रास्वपाले जानकारी दिएको छ l
सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् संगठन विभागका प्रमुख कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ l
भेलाले प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ । भेलामा सहभागी हुन देशभरबाट १५०० बढी प्रतिनिधि काठमाडौँ आएको पार्टीले जनाएको छ । निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक/उपसंयोजक, प्रदेशको समिति/विभाग, केन्द्रीय समिति/विभाग/ आयोगहरूबाट प्रतिनिधित्व रहनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...