रास्वपा स्थापनाको २६ महिनामा १ लाख ४० हजार पार्टी सदस्य
काठमाडौं,असोज २ - हिजो असोज १ देखि सुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय सम्मेलन आज असोज २ सम्म चलेर समापन हुँदैछ l रास्वपाले स्थापनाको २६ महिनामा पार्टी सदस्य सङ्ख्या एक लाख ४० हजार पुगेको जनाएको छ ।
राष्ट्रिय भेलामा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदनमा यस्तो जानकारी दिइएको हो l सदस्य सङ्ख्या सबैभन्दा बढी बागमती र सबैभन्दा कम कर्णालीमा रहेको उल्लेख गरिएको छ l
रास्वपाको प्रतिवेदन अनुसार बागमतीमा ४१ हजार ३३४, कोशीमा २२ हजार ८५६, मधेसमा ११ हजार ४३३, गण्डकीमा १९ हजार २०३, लुम्बिनीमा २३ हजार ३०३, सुदूरपश्चिममा १६ हजार ६७७ र कर्णालीमा ५ हजार ३८६ सदस्य छन् ।
रास्वपाले यो अवधिमा संघीय निर्वाचन क्षेत्रका १६५ मध्ये १४८ क्षेत्रमा बनाएको कार्यबाहक महामन्त्री बुर्लाकोटीले प्रतिवेदनमा लेखेका छन् ।
पालिका अनुसार कोशीका १३६ पालिकामध्ये ६९, मधेसका १३६ मा ४६ पालिका, बागमतीमा ११९ पालिकामा ९३ मा, गण्डकीका ८५ पालिकामा ४२, लुम्बिनीका १०९ पालिकामध्ये ७६ र सुदूरपश्चिममा ८८ मा ५२ पालिकामा संगठन बनेको प्रतिवेदनमा भनिएको छ l
बुर्लाकोटीले २०८२ वैशाखमा प्रथम महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् । यस वर्षको चैतमा जिल्लासँगै त्यस मातहतमा रहेका संरचनामा अधिवेशन गर्ने र अर्को वर्षको पहिलो महिना (वैशाखमा) प्रदेश र केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बुर्लाकोटीले प्रस्ताव गरेका छन् ।
राष्ट्रिय भेला आज बुधबार सकिँदैछ । भेलाले राष्ट्रिय महाधिवेशनको मिति र स्थान तय गर्ने पनि बताएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...