'दलितका लागि दलित'को असोज ३ को कार्यक्रम रोक्न सरकार षडयन्त्रको तानाबाना रच्दै

काठमाडौँ, असोज १ - दलितलाई खै भन्दै विगत ४२ दिन देखि माइतीघर मण्डलमा हातगोडा र शरीरमा फलामे साङ्लो नेल सहित प्रदर्शन गरिरहेका दलितका लागि दलितका प्रमुख खगेन्द्र सुनारको नेतृत्वमा असोज ३ गते संविधान दिवसको दिन बृहत् प्रदर्शन गर्ने र सरकारलाई दलितलाई खै ? भन्ने प्रश्न गर्ने कार्यक्रम पूर्वनिर्धारित नै हो l उक्त दिनको कार्यक्रम कसो हुने हो शान्ति सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण हुने हो कि भनेर सरकार भयभित भएको छ l
यतिका दिन खगेन्द्र सुनारले उठाएको माग बारे कानमा तेल हालेर बसेको सरकार अस्ति भाद्र २९ गते माइतीघरदेखि बानेश्वरसम्म भएको अर्धनग्न जुलुसले सरकार तिल्मिलाएको छ l देशभरबाट प्रदर्शनको लागि दलितसमुदाय काठमाडौँ आउनेक्रम जारी रहेको र व्यापक चहलपहल सुरू भएकोले जिल्ला प्रशासन कार्यालय विशेष सतर्क रहेको र पटक पटक खगेन्द्र सुनारलाई प्रमुख जिल्ला अधिकारीले फोन गर्ने सोधखोज गर्ने, माग प्रस्तुत गर्नुस् भनेर बारम्बार भनिरहेका छन् l गृहमन्त्रीका सन्देशहरू पनि खगेन्द्र सुनारलाई आइ रहेका छन् l हामी माग सम्बोधन गर्न तयार छौं l असोज ३ गते अगावै सम्झौता गरौ भन्ने प्रस्तावहरू पनि आइरहेका छन् l
राजनीतिक पार्टीका दलित सङ्घ सङ्गठनहरूले पनि व्यापक सहभागिता जनाउने वचन दिएको र जिल्ला जिल्लाबाट दलित समुदायले सम्पर्क गरेर काठमाडौँ आउँदै छौ भन्ने खबरले खगेन्द्र सुनार र उनको टीम उत्साहित छ l दलित समुदायका अगुवा लब्धप्रतिष्ठित व्यक्तिहरू कलाकारलगायत आम न्यायप्रेमीको सहभागिता रहने छ लेखक अभियन्ता सरोज दिलु विश्वकर्मा भन्छन् l
दलितको शक्ति र सामर्थ्य सरकार र पार्टीहरूले हेर्नु आवश्यक छ त्यसैले जुनसुकै प्रपन्च र षड्यन्त्र रचिए पनि शान्तिपूर्ण कार्यक्रम गरेर छोड्ने खगेन्द्रको प्रतिवद्धता रहेको छ l सरकार यतिका दिनसम्म निदाएर कानमा तेल हालेर बसेको थियो तर एकाएक सक्रिय भएको कारण कार्यक्रम हुन नदिने षड्यन्त्र र भुलभुलैयामा राख्ने नियत भएको प्रष्ट देखिन्छ माइतीघर मण्डलमा सहभागी दोलखाका रतन नेपाली तर्क गर्छन् l
'हामी भ्रम र छल्ने नियतसँग विश्वास गर्दैनौ र आफ्नो निर्धारित कार्यक्रम गरेर नै छोडछौँ l देशभरबाट साथीहरू आउने क्रम चलेको छ l म आफ्नो समुदायको मुद्दा लिएर बसेको व्यक्ति हुँ l शान्तिपूर्ण कार्यक्रम यही संविधानले प्रत्याभूत गरेको प्रबन्ध हो l संविधान दिवसकै दिन संवैधानिक प्रवन्ध दलितका लागि खै भनेर प्रश्न गर्न 'असोज तीन आफ्नो लागि एक दिन' नारा तय गरेर दलित उठ्न लागेको हो l दलित जाग्न लागेको हो l सबैमा सहभागिताको लागि मेरो अपिल प्रकाशित गरिदिनु होला l' खगेन्द्र सुनार akabarey.comसँगको भेटमा भन्दै थिए l
स्मरणीय : फोटो खगेन्द्र सुनारको फेस बुक
राष्ट्रिय दलित गोलमेच सम्मेलन राजनीतिक प्लेटफर्म पनि हो l
संयुक्त नागरिक पार्टीले यो विश्वास गर्दछकी साँचो लोकतन्त्र तब मात्र सम्भव हुन्छ जब सबै समुदायको बराब...
जुन सपना मैले र मेरो परिवारले देखेका थियौँ, त्यो यही छात्रवृतिले पूरा गरेको हो । त्यसैले सरकारप्रति...