जातीय मुक्तिको वैचारिकीमाथि गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम

काठमाडौँ,भाद्र ९ – राजेश नेपालीको कार्यपत्र 'दलित मुक्तिको वैचारिकी'माथि रत्नराज्यलक्ष्मी क्याम्पसमा शनिबार भाद्र ८ गते एउटा कार्यक्रम गरेर टिप्पणी,परिर्चचा र छलफल सम्पन्न भएको छ l प्रमुख अतिथि राष्ट्रिय सभाका माननीय सांसद भुवन सुनार रहनु भएको कार्यक्रमको संयोजन पूर्व राजदूत निर्मल विश्वकर्माले गर्नु भएको थियो l गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम नाम दिइएको उक्त कार्यक्रम सामाजिक न्याय अभियानको ब्यानरमा भएको थियो l
राजेश नेपालीको ‘जातीय मुक्तिको वैचारिकी’ विषयक कार्यपत्रमाथि विभिन्न वक्ताहरूले टिप्पणी गरेका थिए l कार्यपत्रमाथि टिप्पणी गर्दै प्रमुख अथिति भुवनसिंह सुनारले भन्नु भयो : काम गर्नेको लागि कार्यपत्र उत्कृष्ट छ l सिरान हालेर मात्रै राख्ने भए जस्तो कार्यपत्र लेखे पनि काम छैन l तसर्थ काम गरौं l कार्यपत्रहरू परिमार्जित र राम्रा बन्दै जान्छन् l दलित आन्दोलन एकीकृत गरेर एउटा तागत निर्माण गरेर जानू पर्नेमा उहाँको जोड थियो l मुक्तिको प्रश्नमा राजनीति मुख्य कुरा रहेको छ भने अन्य कुरा सहायक हुन् सुनारको निचोड थियो l
३५०० वर्ष पछि हिन्दुहरूको व्यासानमा शूद्र भनेर हेला होचो गरेको समुदायको व्यक्ति कृष्ण दमाईको उपस्थिति सांस्कृतिक क्रान्तिको एउटा पाइलो थियो जहाँ गएर cwn का संयोजक मित्र परियारको वैचारिक आक्रमण पनि विशेष परिघटना हो l चाहे सडकमा बसेर खगेन्द्र सुनारले गरेको बिम्बात्मक विरोध होस् चाहे डा. निर्मल विश्वकर्माद्वारा सामजिक न्यायको अभियानमा गरेको देश दौडाहा दलित जागरणको अभियान होस् र अन्य दलित समुदायबाट गरिएका दलित सवालका विभिन्न गतिविधिहरू हुन् ती हाम्रा शक्ति र सामर्थ्य हुन् यी सबलाई एकीकृत गरेर लैजानु चुनौतिपूर्ण छ यद्धपि त्यो नगरी धरै छैन l हाम्रा पुँजीको संरक्षण गर्दै जाँदा हामी बलियो बन्छौं l एकीकृत आन्दोलन अबको मुख्य कार्यभार रहेको माननीय सुनारको तर्क थियो l
कार्यपत्रमाथि टिप्पणी गर्दै डा. निर्मल विश्वकर्माले दलित मैत्री सरकार नभएको र दलित शब्द नै खारेज गरेर संविधान संशोधन हुने खतरा औल्याउँदै जातको अन्त्य नभएर जातिवाद अन्त्यको लागि सङ्घर्ष गर्नु पर्ने कुरा उल्लेख गर्नु भयो l यो यही देश हो जहाँ दलित नाम गरेको पार्टीलाई दर्ता गरिन्न तर मङ्गोल नेशनल अर्गनाइजेसन भन्ने पार्टी चैं दर्ता गरिन्छ l यसर्थ राज्यका अवयवहरू समेत दलित मैत्री नभएको कारण सङ्गठित दलित आन्दोलन आवश्यक रहेको उहाँको तर्क थियो l धर्म र रुढीग्रस्त समाजमा धर्म सुधारको कुरा गर्यो कि साथीहरू गाली गर्छन् l आफूले बुबाको देहावसान पछि सात दिन मात्र बुबाको शोक बारेको विषयमा समेत आफ्नै समुदायका व्यक्तिहरूले छि; छि: र दूर दुर गरेको तितो स्मरण सुनाउनु भयो l हाम्रो देशको संरचनात्मक अवस्थाको कारण सामुदायिक समाजवादको मोडेल हाम्रा लागि सुहाउँदो हुने डा. निर्मल विश्वकर्माको विचार थियो l
कार्यपत्रमाथि टिप्पणी गर्ने अर्का व्यक्ति हुनुहुन्थ्यो 'कास्ट वाच नेटवर्कका अध्यक्ष' डा. मित्र परियार l मित्र परियारले अरूले धर्मको विषय नछोएको तर आफ्नो अभियानले धर्म सुधार आन्दोलन गरौ भनेर विगत चार वर्ष देखि अभियान चलाएको विभिन्न गुरु पुरोहित पण्डितसँग बहस गरेको सामाजिक अभियन्ताहरूसँग अन्तर्क्रिया गरेको र सोही क्रमको निरन्तरता स्वरूप हिन्दुहरूको हेडक्वाटरमा गएर वैचारिक आक्रमण स्वरूप हिन्दु धर्म सुधार गर भनेर उनीहरू सामु राखेको कुरा गर्दै धार्मिक सुधार र सांस्कृतिक सुधार मार्फत् छुवाछुत र जातीय विभेद कम गर्न रणनीतिक योजना मुताबिक पशुपतिको कोटीहोमको उपयोग गरेको तर्क पेश गर्नु भयो l दलितहरूको स्वतन्त्र वैचारिकी निर्माणमा उहाँको पनि विशेष जोड थियो l दलितका एक दुई जना प्रतिनिधि पात्र सरकार र सत्तामा गएर परिवर्तन हुँदैन भन्ने कुरा उत्तर प्रदेशमा मायावतीको सरकार पटक पटक बन्दा पनि दलितको अवस्थामा तात्विक भिन्नता नरहेको कारण सामाजिक, धार्मिक र सांस्कृतिक क्रान्तिद्वारा समाजमा सुधार ल्याउन सकिने विश्वास व्यक्त गर्नु भयो l
टिप्पणीकर्ता राधिका परियारको जोड दलित शब्द हटाउने बहस पनि चलेको देखिन्छ तर यो शब्द हटाउनेभन्दा पनि यो गलत होइन भन्ने भाष्य निर्माण गरेर जानेतर्फ केन्द्रित थियो l दलित शब्दको तागत मार्फत दलित आन्दोलन सुदृढ गरेर जानू पर्ने कुरामा ध्यान दिनुपर्छ l कार्यपत्रमा घटनाको तथ्य सहित आएको भए यसको आयाम अझ फराकिलो हुन्थ्यो भन्दै शत्रु घोषणा गरेरभन्दा मित्रता गर्दै सङ्घर्ष गर्नु पर्ने कुरामा उहाँको जोड थियो l आफू बिचको सन्तुलन हामीले आफै मिलाउन सकेका छैनौ जसको उदाहरण यहाँ महिलाको उपस्थितिले नै प्रष्ट पार्छ भन्दै सिद्धान्त व्यवहारको कसीमा आउनु पर्ने कुरामा सचेत रहँदै आपसी एकता सहितको सङ्घर्ष अबको पाइला हुनुपर्छ भन्ने तर्क राधिका परियारले दिनु भएको थियो l
टिप्पणी गर्दै महेश गोदार भन्दै हुनुहुन्थ्यो दलित आन्दोलनको ७०, ७५ वर्षको इतिहास भैसक्यो हामी अझै हाम्रो समस्याको पहिचान गर्न सकिरहेका छैनौ l यो नै हाम्रो मुख्य समस्या हो l दलित समुदाय दलगत राजनीतिमा विभक्त भएको कारण नै हाम्रो सामुदायिक मुद्दा कमजोर भएको हो l दलित मुक्तिको विषय वर्गीय र जातीय एक पक्षीय मात्र नभएर यो एकै सिक्काका दुई पाटा हुन् l अन्तरजातीय विवाह अन्तरघुलनको मुख्य कडी हो l पीडित मात्र होइन पीडकवर्ग र समुदायलाई पनि सँगै लिएर हिंडन सके समाज परिवर्तन छिटो हुने कुरामा गोदारको विश्वास रहेको थियो l
अर्का टिप्पणीकर्ता तारासिंह विश्वकर्माको तर्क थियो : वर्गीय समस्या प्रधान विषय हो त्यस पछि मात्र जातीय समस्या आएको हो l दलित शब्द हटाउने विषय स्वीकार्य नभएको विश्वकर्माको मत थियो l धर्म राजनीतिको हाँगा भएको कारण धर्मलाई छोडेर राजनीति मात्र भन्दा निष्कर्षमा पुग्न नसकिने विचार तारासिंहले राख्नु भएको थियो l कार्यक्रममा डिबी नेपाली, राजु परियार, जनक परियार कृष्ण विश्वकर्मा र सञ्जीव कार्कीले पनि टिप्पणीमा उठेका विषयहरूमा आआफ्नो विचार प्रकट गर्नु भएको थियो l
किरण विश्वकर्माले संचालन गर्नु भएको कार्यकर्ममा कार्यपत्र प्रस्तोता राजेश नेपालीले टिप्पणीको जबाफ दिनु भएको थियो l उहाँले जबाफ दिने क्रममा आएका सकारत्मक सुझाव, टिप्पणी, सल्लाह र मतलाई स्थान दिएर कार्यपत्र अझ परिस्कृत र परिपक्व बनाएर आगामी दिनमा प्रस्तुत गर्ने वचन दिंदै असहमत तर्क र विचारप्रति पनि आफ्नो सम्मान रहने धारणा व्यक्त गर्नु भयो l
राष्ट्रिय दलित गोलमेच सम्मेलन राजनीतिक प्लेटफर्म पनि हो l
संयुक्त नागरिक पार्टीले यो विश्वास गर्दछकी साँचो लोकतन्त्र तब मात्र सम्भव हुन्छ जब सबै समुदायको बराब...
जुन सपना मैले र मेरो परिवारले देखेका थियौँ, त्यो यही छात्रवृतिले पूरा गरेको हो । त्यसैले सरकारप्रति...