दाम्पत्यमा समझदारी, माया र ममता हुनु पर्छ - डा. बिष्णु जोशी

दाम्पत्यमा समझदारी, माया र ममता हुनु पर्छ
नारी र पुरुष माझ साझेदारी र समता हुनु पर्छ !
ज्वाइँ विदेशी पिआरधारी भएर मात्र पुग्दैन रैछ
दम्पतीको सम्पत्ति सँगै मायाको कथा हुनु पर्छ !
सुत्केरी बुहारी सुसार्दा सासू पल्टिनु हुन्न कसैले
सासूले छोरी देख्न बुहारीको कति व्यथा हुनु पर्छ ?
छोरी विदेश पठाई जिम्मेवारी सकिन्न माइतीको
छोरीको दुख सुख, गाह्रो साँघुरो पनि पता हुनु पर्छ !
छोरी पराई घरकी नासो ? जिम्मेवारी बाट नभागौँ
नारी हिंसा हट्न छोरीको नाउँ जायजेथा हुनु पर्छ !
कुनै ठेकेदार कमरेडले हस्ताक्षर गरेर दिएकाे खाली चेक छ
यात्राका अनुभूति र नजिकका सबै दृश्यहरू नियात्राकारको ब्रम्हबाट तानिएका छन् ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।