बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा दोलखा जफेका शुकदेव काफ्ले नियुक्त
काठमाडौँ - बागमती प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा अधिवक्ता शुकदेव काफ्लेलाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्य मन्त्री बहादुर सिंह लामाको सिफारिसमा नियुक्त गरेका छन् l
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम काफलेलाई नियुक्त गरेका हुन् l
दोलखा जिल्ला तामाकोशी गाउँपालिका–३ का काफ्लेले २०४७ सालमा दोलखा कै गोल्मेश्वर मावि मालुबाट एसएलसी पास गरेका हुन् l त्यस पश्चात २०४८ देखि काठमाडौँ भृकुटीमण्डपमा रहेको नेपाल ल क्याम्पसमा कानुनको अध्ययन सकाएर काफ्लेले अधिवक्ताको लाइसेन्स लिएदेखि वकालत पेशामा निरन्तर संलग्न रहेका छन् l
नवनियुक्त मुख्य न्यायाधिवक्ताको शपथ ग्रहण भदौ ५ गते हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले जनाएको छ ।
फोटो स्रोत : सुरेश काफ्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...