सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक (टीआरसी विधेयक) प्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीको ५ बुँदे असहमति
काठमाडौँ - मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक (टीआरसी विधेयक) प्रति ५ बुँदे असहमति प्रकट गरेको छ ।
लामो समयदेखि विचाराधीन रहेको विधेयक संसदबाट पारित गरिनु सकारात्मक भएपनि त्यस सन्दर्भका केही महत्त्वपूर्ण विषयमा पार्टीको विरोध तथा असहमति गरेको प्रवक्ता हेमन्त प्रकाश ओली (सुदर्शन)ले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।
विधेयक निर्माण गर्ने प्रक्रियामा आफ्नो पार्टी लगायत सम्बन्धित सबै सरोकारवालाहरूसित आवश्यक विचार विमर्श नगर्नु तथा राय सुझाव नलिनु गम्भीर गल्ती भएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै विधेयकबारे निर्णय लिने प्रक्रियामा संसदमा पनि छलफल बहस नचलाइनु र रहस्यमय तरिकाले पारित गरिनुले गम्भीर षडयन्त्र लुकेको पार्टीले जनाएको छ ।
‘यो विधेयक अत्यन्तै अमूर्त, अस्पष्ट तथा गोलमटोल रहेको छ र यसलाई द्वन्द्वकालीन घटना विशेषका रूपमा लिनुभन्दा पनि सामान्य प्रकारका घटनाका रूपमा लिइएको छ’, विज्ञप्तिमा भनिएको छ । विरोध तथा असहमतिका बिच पारित हुन भइसकेको विधेयकलाई विवेकसम्मत तथा न्यायपूर्ण ढङ्गले प्रयोगमा ल्याइयोस् ल्याइनुपर्ने भन्दै विज्ञप्तिमा राज्यसत्ताको षडयन्त्रपूर्ण रवैयाप्रति सजग रहन सबैलाई समेत आह्वान गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...