धादिङ सेवा समाज कतारले ७औं अधिवेशन गर्दै
कतार - धादिङ सेवा समाज कतारले आगामी ६ सेप्टेम्बर शुक्रबार दोहा कतारको सनैया स्थित रेड चिल्ली रेस्टुरेन्टको सभाहलमा समाजको ७औं अधिवेशन गर्न लागेको हो । धादिङ सेवा समाज कतार र धादिङ युवा समाज कतार विच लामो समयसम्मको गतिरोध अन्त्य गर्दै समाजलाई एकढिक्का बनाइ दोहामा रहेका धादिङ्गे र गैर धादिङ्गे श्रमिकहरूको उत्थान र घरदेशमा मानवीय र परोपकारी कार्य गर्ने कुरामा एकमत भएपछि लामो समयसम्म हुन नसकेको समाजको अधिवेशन हुने भएको जानकारी कविन्द्र कँडेलले दिएका हुन् ।
धादिङ सेवा समाजको २००१ मा स्थापना भएता संस्थापक अध्यक्षले २००७ सम्म चारवटा अधिवेशन सम्पन्न गरेका थिए । तत्पश्चात संस्था धारासायी बन्दै गएको थियो । संस्था अलपत्र परेपछि धादिङ युवा समाजको नामबाट चलायमान बनाउने प्रयत्न भएपनि व्यक्तिगत महत्वाकांक्षाका कारण पुनः लथालिङ्ग अवस्थामा पुगेका थियो ।
समाजको यस्तो दूरावस्था भएपछिको धादिङ सेवा समाज अन्तर्राष्ट्रिय समतिले सोमनाथ कँडेललाई पत्राचार गर्दै संस्थाको तदर्थ समति गठन गर्न भन्यो । अन्तर्राष्ट्रिय समितिको पत्रअनुसार कँडेलको नेतृत्वमा बनेको तदर्थ समितिले सबै असन्तुष्ट पक्षलाइ एकीकृत गर्दै ७औं अधिवेशनको तयारीमा जुटेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...