लमजुङको चितीमा गीता ज्ञान अभियानको वडा समिति घोषणा
लमजुङ जिल्ला, बेसीसहर नगर पालिका, वडा नं ११, चितीमा जीवनका लागि गीता ज्ञान अभियानको वडा समिति घोषणा गरिएको छ । यस अभियानको यो नै पहिलो वडा संयोजन समिति हो, भने हालसम्म यस अभियानको ४ प्रदेश स्तरको र एक अन्तराष्ट्रिय संयोजन समितिको पनि घोषणा भइ सकेको छ । २०८१ भाद्र १ गते चितीमा रहेको जेष्ठ नागरिक समाजको कार्यालयमा उपस्थित अभियन्ताहरूको भेलाले उक्त समिति घोषणा गरेको हो ।
समिति घोषणा कार्यक्रमको सभापति जेष्ठ नागरिक समाजका अध्यक्ष श्री रुद्र निधि तिवारीले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा वडा अध्यक्ष श्री शिव प्रसाद जोशी हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन श्री ध्रुवशाली पन्तले गर्नुभएको थियो भने प्रमुख अतिथि तथा वडा अध्यक्ष श्री शिवप्रसाद जोशीले बधाई ज्ञापन गर्नु भयो । अतिथि श्री नेत्र केसी र श्री कमलनाथ अधिकारीले अभियानको बारेमा प्रकाश पार्नु भएको थियो ।
सभा अध्यक्ष तिवारीले अभियन्ताहरूको घोषणा गरे पश्चात, संयोजक श्री बाबुराम पाण्डे "सागर " ले यस अभियानको औचित्य र आगामी गतिविधि बारे जानकारी गराउनु भयो ।
भेलाले निम्नअनुसारको संयोजन समिति घोषणा गरेको छ: संयोजक: श्री बाबु राम पाण्डे "सागर" सह संयोजक: १. श्री खडानन्द पन्त २. श्री सोबिता रेग्मी ३. श्री शुवा निधि पाण्डे ४. श्री हरिकृष्ण तिवारी सल्लाहकारहरु: १. श्री रुद्र निधि तिवारी २. श्री शम्भुशाली पन्त ३. श्री भवदत्त कमली अभियन्ताहरू: १. श्री रामकृष्ण पन्त २. श्री राम राज पन्त ३. श्री बासु देव पन्त ४. श्री शंकर राज विष्ट हुनुहुन्छ l
ॐ तत् सत् ।
स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो ।
१९४२ कात्तिक २५ गते आइतबारका दिन फाल्गुनन्दको जन्म भएको हो। सो दिनलाई किराँत धर्मावलम्बीहरूको मोक्ष...
किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो ।