सुरेश भट्ट आश्रिन, वरिष्ठ संवाददाता - नेपाली गीत संगीत क्षेत्रमा महिलाहरूको महान चाढ हरितालिका तिजलाई लक्षित गर्दै तिजका गीत निकाल्ने , भ्यु , टिपिआर बटुल्ने र भाइरल बन्ने होडबाजी चल्नु अनि तिजको नामा निकालिएका गीत तिज गीत हुन् कि रत्यौली हुन् भनेर छुट्याउन भल्गर दृश्यहरू र शब्दहरू खुट्याउन लोकदोहोरी प्रतिष्ठानलाई नौलो कुरा कहाँ रह्यो र ? तरपनि बाटो बिराउँदै गएको नेपाली लोकसंगीतलाई पुरानै लयमा फर्काउने पहलस्वरूप प्रतिष्ठानले नेपाल प्रहरीसँग आग्रह पनि गरिसकेको छ ।
राज्यले तत्काल नियन्त्रण सुरु नगरे अझै खराब तिजगीत तथा दोहोरीगीत गाउन कलाकारहरू तम्तयार नै देखिन्छन् । तिज नेपाली संस्कृति हो, तिजगीतले हाम्रो संस्कृति संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने माध्यम हुन् । तिजगीतसँगै नारीका कर्मघरका वेदना र माइतीघर सँगको रमाइलो साइनो पनि जोडिएर आउने हुँदा तिजको मर्म र तिजगीत गित मात्रै नभई देश र समजलाई संगीत मार्फत दिने एक सन्देश पनि हो । गीतमा विविधता चाहिन्छ । जति धेरै विविधता भयो, संस्कृति त्यति नै धनी हुँदै जान्छ, फैलँदै जान्छ । तर विविधतामा पनि ध्यानचाहिँ दिनुपर्छ ।
तिलु शर्माले यसपालीको तिजमा म्याग्दी तिरको शब्दमा “च” झुन्डिएको शब्दलहरी प्रयोगमा ल्याइ स्थानीय रैथाने थेगोलाई समेत संरक्षण गर्दै छोरी कहानीलाई माइत आएकी चेलीले घरमा दुःख पाएकी छन् अथवा घरेलु हिंसा सहेकी छन् भने आमालाई त्यो दुुःख सुनाउलिन्, पीडामा जिउन कठिन भएकाले जिन्दगीलाई नै पूर्णविराम लगाइदिऊँ जस्ता प्रेरणादायी र कारुणिक भिडियोदृश्य सहित तिजको गीततीजको मौलिकता बोकेको "छोरी भ'र जन्मनु" गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
गीता ज्ञानको महत्व र गरिमालाई जुन रूपमा समाजमा स्थापित गर्नुपर्ने हो सो रूपमा गर्न सकिएको छैन l
आज माघ १८ गते संसदको हिउँदे अधिवेशन सुरू भएको छ ,आज संसदमा अध्यादेश पेश गरिने कुरा आएको छ l