विद्युत् प्राधिकरण सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्र गुरुङ नियुक्त
काठमाडौं, साउन २० - नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणमा दुई जना सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । नियुक्ति पाउनेहरूमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ छन् l
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै रिक्त सञ्चालक समितिमा कार्की र गुरुङलाई नियुक्त गरेको हो ।
सञ्चालक समितिमामा नियुक्त कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन् भने गुरुङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक एवम् पञ्चेश्वर विकास प्राधिकरणका पूर्वसीईओ हुन् । कार्की र गुरुङ ऊर्जा क्षेत्रका अनुभवी र ज्ञाता मानिन्छन् ।
सरकारले सञ्चालक समितिबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएपछि रिक्त स्थानमा कार्की र गुरुङलाई नियुक्त गरेको हो ।
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...