अस्पतालमा स्नानघर र कुरुवा कक्ष खै ?

कैलालीदेखि काठमाडौ सम्मको २४ घण्टा लामो यात्रा गरेको केहि दिनपछि वीर अस्पतालको छेवैबाट असनतिर जाँदै थिए त्यहाँ नजिकै एकजना अधबैंसे पुरुषलाई देखे जो पुरै माटोले भरिएका थिए उनीसँग एकजना बिरामी महिलापनि थिइन् ।
मैले मनमनै सोच पक्कै पनि बुटवल नारायणगढ सडकखण्डको यात्रा गरेर आउनु भएको होला ? हुनत नेपालको बाटो जताततै त्यस्तै हो बाटोको समस्या त सबैलाई थाहा भएको कुरा हो त्यसको बारे बोली राख्नु पर्दैन होला । कुरो अस्पताल आइपुगेका एक धुलाम्मे पुरुषको थियो धुलाम्मे बिरामीको थियो । ती पुरुको मात्र हैन लामो यात्रा गरेर अस्पताल आउने प्रत्येक नेपालीको समस्या हो धुलोमैलो ।
गाउँघरमा सबैखाले उपचार हुने अस्पताल छैनन् l अस्पताल भए स्वास्थ्यकर्मी हुँदैनन् l स्वास्थ्यकर्मी भए उपकरण र औषधि हुदैनन् l बिरामी पर्दा ठुला शहर बजार धाउनुपर्ने बाध्यता छ । यो शहरले या भनौ शहरका मान्छेको आँखाले त्यसैपनि गाउँलेपनलाई आँखा ताडेर हेर्ने गर्छन् l त्यसैमाथि माटो मुनिबाट निकालेका जस्ता धुलाम्मे मान्छेलाई के देखि सक्थे । हामी गाउँघरमा हुर्केबढेका मान्छेलाई काला मलिन अनुहार थोत्रा मैला लुगा फाटेका कुरकुच्चा डराएका आँखा देख्दा मन कटक्क दुखेर आउँछ ।
दृश्य वीर अस्पताल वरिपरिको भएपनि समस्या देशै भरिको हो जहाँ जहाँ ठुलठुला अस्पताल छ्न । एक गरिब जसले महङ्गो होटेल बुक गरेर बस्न सक्दैन अस्पताल छेउमा आउ मेरोमा बस्न भन्ने आफन्त भेटिदैनन् l बाध्यताबस घुमी रहनु पर्छ l अस्पताल वरिपरि शरीरमा २/४ किलो मैलो बोकेर शौचालय कुर्दा लाईन नबसी हत्तपत्त पालो आउदैन, पालो आइहालेमा शौचालय भित्र पानी आउदैन । स्थानीय सरकार संचालन ऎन २०७४ ले नगरपालिका,उपमहानगरपालिका र महानगरपालिका हुन आवश्यक मापदण्ड तोके बमोजिम नगरपालिकामा कम्तीमा पच्चीस शैया,उपमहानगरपालिकामा कम्तीमा सय शैयाको एक अस्पतालसहित कम्तीमा दुई सय शैयाको अस्पताल र महानगरपालिकामा कम्तीमा पाँच सय सैयाको अस्पताल सुबिधा हुनुपर्ने भनी तोकेको छ ।
मान्छे अस्पतालमा बिरामी लिएर मात्रा आउने हैन ऊसँग भोको पेट मैलो शरीर ,आँखामा निन्द्रा, थकित शरीर पनि हुन्छ । बिरामीसगैं भोको पेटकोलागि दुई चार दिन पुग्ने खाना त ल्याउन सकिन्छ, तर मैलो शरीर पखाल्न पानी थकित शरीर सुस्ताउनका लागि जमिन बोकेर त हिड्न सकिदैन ।
सरकार परिवर्तन भएको छ संविधान संशोधन गर्छु भन्दै दुई विपरित ध्रुवले गठबन्धनको गाँठो कसेका छ्न त्यो गाँठो कसेकाहरूलाई भनिदेउन कसैले स्थानीय सरकार संचालन ऎन २०७४ मा जुन नगरपालिका , उपमहानगरपालिका र महानगरपालिका हुन आवश्यक मापदण्ड छ त्यसमा एउटा बुँदा अर्को थपी दिनुपर्यो कि प्रत्येक अस्पतालमासङग बिरामी र कुरुवाले नुहाउनको लागि स्नानघर कुरुवालाई आराम गर्न आरामकक्ष र कुरुवाको लागि शौचालयपनि अनिवार्य हुनुपर्छ भनेर ।
अस्पताल जस्तो ठाउँमा हप्तौं महिनौंसम्म नुहाउन पाएन, गलेको शरीरलाई अडेस लाउने भित्ता पाएन र शौचालयको लाइनमा घन्टौं बस्नु पर्यो भने ती स्वस्थ मान्छेपनि बिरामी पर्न कति समय लाग्ला ? अस्पतालमा धाउदा नेपालीहरूले भोग्न पर्ने समस्या हजारौं छ्न l ती मध्यको स्नानघर र आराम कक्ष अझबढी महत्त्वपूर्ण छ होला सुरुवात यसैबाट गरौं न । एक सर्वसाधारण नागरिकलाई त्यसैले धेरै ठुलो राहत मिल्छ पुरै देशभरिका तिनै तहका सरकारको ध्यान जानु जरुरी छ सरकारको ध्यान जाओस् ।
कुनै ठेकेदार कमरेडले हस्ताक्षर गरेर दिएकाे खाली चेक छ
यात्राका अनुभूति र नजिकका सबै दृश्यहरू नियात्राकारको ब्रम्हबाट तानिएका छन् ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।