सौर्य एयरको विमान दुर्घटना : १८ यात्रुको मृत्यु (नामावलीसहित)
काठमाडौं : काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।
विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा संकलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । उनले संकलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताए । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।
सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा सवार सबै एयरलाइन्सकै कर्मचारी रहेको खुलेको छ ।
सौर्य एयरलाइन्सका अनुसार जहाजमा सवार १९ जना एयरलाइन्सकै कर्मचारी हुन् । जहाज क्याप्टेन मनिष शाक्य र को पाइलट एस कटुवालले चलाएका थिए ।
जहाजमा सौर्य एयरलाइन्सका कर्मचारीहरू अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, आस्विन निरौला र सुदिपलाल जोशी सवार थिए । यसैगरी, सर्वेश मरासिनी, स्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्या, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा जहाजमा सवार थिए ।
दुर्घटनाग्रस्त जहाजबाट क्याप्टेन मनिष शाक्यको भने उद्धार गरिएको छ भने अन्य १८ जनाको मृत्यु भएको छ ।
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...