संसदमा ‘घुस दिएँ’ भन्ने पूर्वमन्त्री महतोलाई कारबाही गर्न माग गर्दै उजुरी
काठमाडौँ : प्रतिनिधि सभाको बैठकमा ‘घुस दिएँ’ भन्ने पूर्वमन्त्री एवं सांसद वीरेन्द्रप्रसाद महतोलाई कारबाही गर्न माग गर्दै प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
छोराको समकक्षता पत्र लिँदा शिक्षा मन्त्रालयअन्तर्गतको सानोठिमीस्थित कार्यालयलाई बिचौलियामार्फत् ५ हजार रुपैयाँ घुस दिएको बताएका सांसद महतोविरुद्ध बुधबार नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश सांसद रहवर अन्सारीले कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै समितिमा उजुरी दिएका हुन् ।
पूर्ववनमन्त्री समेत रहेका महतोले गत साउन ६ गते प्रतिनिधि सभाको रोस्टमबाट बोल्दै छोराको समकक्षता लिनका लागि आफूले ५ हजार घुस दिएको र घुस दिएपछि काम बनेको बताएका थिए ।
छोराको समकक्षता पत्र लिँदा शिक्षा मन्त्रालयअन्तर्गतको सानोठिमीस्थित कार्यालयलाई पाँच हजार रुपैयाँ घुस दिएको बताएका जनता समाजवादी पार्टी (जसपा) का नेता महतोलाई कारबाही गर्न माग गर्दै उजुरी परेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...