संसदमा ‘घुस दिएँ’ भन्ने पूर्वमन्त्री महतोलाई कारबाही गर्न माग गर्दै उजुरी
काठमाडौँ : प्रतिनिधि सभाको बैठकमा ‘घुस दिएँ’ भन्ने पूर्वमन्त्री एवं सांसद वीरेन्द्रप्रसाद महतोलाई कारबाही गर्न माग गर्दै प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
छोराको समकक्षता पत्र लिँदा शिक्षा मन्त्रालयअन्तर्गतको सानोठिमीस्थित कार्यालयलाई बिचौलियामार्फत् ५ हजार रुपैयाँ घुस दिएको बताएका सांसद महतोविरुद्ध बुधबार नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश सांसद रहवर अन्सारीले कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै समितिमा उजुरी दिएका हुन् ।
पूर्ववनमन्त्री समेत रहेका महतोले गत साउन ६ गते प्रतिनिधि सभाको रोस्टमबाट बोल्दै छोराको समकक्षता लिनका लागि आफूले ५ हजार घुस दिएको र घुस दिएपछि काम बनेको बताएका थिए ।
छोराको समकक्षता पत्र लिँदा शिक्षा मन्त्रालयअन्तर्गतको सानोठिमीस्थित कार्यालयलाई पाँच हजार रुपैयाँ घुस दिएको बताएका जनता समाजवादी पार्टी (जसपा) का नेता महतोलाई कारबाही गर्न माग गर्दै उजुरी परेको हो ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...