पूर्व राज्यमन्त्री रामचन्द्र रायको आफ्नै घरमा हत्या
सर्लाही, साउन ७ - पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुरस्थित घरको कोठाभित्र ८० वर्षीय रायको आइतबार राति हत्या भएको हो ।
पूर्व राज्यमन्त्री राय आइतबार मात्रै रतनपुर आएको र उनी परिवारसहित मलंगवा बस्ने गरेको बुझिएको छ l रतनपुरमा भएको त्यो घर पुरानो हो। त्यहाँ उनको खेतीपाती पनि छ।
खेतीपाती हेर्न उनी रतनपुर आइरहेका हुन्छन् । त्यहाँ खाना बनाउनका लागि भनेर एकजना भान्से पनि राखेका छन् ।
प्रहरीका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा आफ्नै निवासमा उनी मृत भेटिएका हुन् ।
अहिले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको टोली घटनास्थलमा पुगीसकेको छ । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले मुचुल्का उठाएर शवलाई सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ ।
राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य समेत हुन् ।
स्मरणीय : फोटो सामाजिक संजालबाट साभार l
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...