बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामाले आज दाबी पेस गर्दै
हेटौँडा, साउन,७ - बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसले आज सोमबार मुख्यमन्त्रीको लागि दाबी पेस गर्ने भएको छ । नेपाली कांग्रेस संसदीय दलको नेता बहादुरसिंह लामाले सरकारमा दाबी पेस गर्ने छन् ।
नेता लामाले एमाले र कांग्रेसको समर्थनमा सरकारमा दाबी पेस गर्नेछन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका छन् ।
सोहीअनुसार नेता लामाले एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् । हाल बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री शालिकराम जमरकट्टेल छन् l
स्मरणीय : फाइल फोटो साभार
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...