बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामाले आज दाबी पेस गर्दै
हेटौँडा, साउन,७ - बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसले आज सोमबार मुख्यमन्त्रीको लागि दाबी पेस गर्ने भएको छ । नेपाली कांग्रेस संसदीय दलको नेता बहादुरसिंह लामाले सरकारमा दाबी पेस गर्ने छन् ।
नेता लामाले एमाले र कांग्रेसको समर्थनमा सरकारमा दाबी पेस गर्नेछन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका छन् ।
सोहीअनुसार नेता लामाले एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् । हाल बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री शालिकराम जमरकट्टेल छन् l
स्मरणीय : फाइल फोटो साभार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...